ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षदेखि पारिवारिक यातनामा सञ्जिला


एबीसी न्यूज
श्रावण २६, २०७५ शनिबार  ९ : २२ बजे

इनरुवा, २६ साउन । सुनसरी भोक्राहा नरसिहं गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै आएका छन् ।

भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको   थियो ।

श्रीमान् र उनका बाबु–आमासमेतले विवाह भएको केही महिनादेखि तिम्रा बुबाले दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठीक नहुने भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित सञ्जिला खातुनले बताउनुभयो ।

दैनिक काममा लगाउने तर खानदिन भने बेवस्था गर्ने र बेलुका भएपछि कुटपिट समेत गर्ने गरेकाले माइतीमा गएर जानकारी गराएपछि परिवारका सदस्यलाई सम्झाउँदासमेत बेवास्था गरेकाले न्यायका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उहाँले जानकारी दिनुभयो ।

दिउस घरमा काम नगरी किन बसेको भन्दै सासू–ससुरा मुस्तुकले खानसमेत नदिई बाहिर काम गर्न पठाउने र श्रीमान्ले तलाक दिएर सम्बन्धबिच्छेद गर्न बाध्य नहुञ्जेल कुट्न नछाडने भनी कुट्ने गरेकाले प्रहरीसमक्ष घटनाको बारेमा उजुरी दिएको सञ्जिलाले पीडा सुनाउनुभयो ।

हालसम्म सन्तानसमेत नभएकाले सञ्जिलाका श्रीमान्ले विवाह दर्ता गरेर नागरिकसमेत बनाउन अस्विकार गर्दै आएकाले ज्वाइँको नियत छोरीलाई दुःख दिने मात्र भएको बुबा सराजले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले कुटपिटको घटना भनी निवेदन परेकाले यसबारेमा दुवै पक्षसँग बुझ्ने कार्य भइरहेकाले दोषी पाइएमा कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com