ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरका भीमदत्तनगरपालिका समृद्धितर्फ


bhawani desk

भीमदत्तनगर, २५ साउन  । महेन्द्रनगरबाट भीमदत्त नगरपालिकामा परिणत भएको एकदशक बितेसँगै कञ्चनपुरको सिमान्त जिल्ला कञ्चनपुरका भीमदत्तनगरपालिका विकासमा छलाङ्ग मार्न थालेको छ ।

विसं २०६५ मा शहीद भीमदत्त पन्तको सम्मानका लागि तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट महेन्द्रनगर नगरपालिकालाई भीमदत्तमा परिणत गरिएको थियो । यो दशकको बिचमा भएको थुप्रै व्यवस्था परिर्वतनकाबीच भीमदत्तनगरको आर्थिक, भौतिक पूर्वाधार, कृषि, शैक्षिक लगायतका क्षेत्रमा निकै विकास भएको छ ।

प्रदेश नं ७ मै सुदूरपश्चिम विश्वविद्यालय यहाँको शैक्षिक धरोहर भए पनि प्राध्यापक र विभिन्न विद्यार्थी संगठनको विरोध, आन्दोलन र दबाबमा पछिल्लो समय विश्वविद्यालय ओरालो गतिमा छ ।

विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनपछि भीमदत्तले समृद्धितर्फ अघि बढ्ने अवसर पाएको छ । हाल कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्ने भीमदत्त नगररपालिकामा स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास हरेक बस्तीसम्म पुगेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट बताउनुहुन्छ ।

‘हामी विकासमा राजनीति गर्दैनौँ भनेर अघि बढेसँगै यहाँका सबै नगरपरिषद् र कार्यपालिकाका बैठकबाट निर्णयसमेत सर्वसम्मत रुपमा हुनु सुखद् पक्ष हो ।’ नगरप्रमुख विष्टले भन्नुभयो, “हामीबीच भएको एकता र सद्भावकै कारण एक वर्षमा ३१ वटा कानून निर्णण गर्न सकेका छौं ।”

पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय सरकारले गरेको प्रगति विवरण सुनाउँदै नगरप्रमुख विष्टले जनशक्ति अभावकाबीच स्मृतिका निम्ती सबैसित हातेमालो गरेर अघि बढेको बताउनुभयो ।

वार्षिक रु चार करोड राजश्व सङ्कलन गर्न कठिन हुने भीमदत्त नगरपालिकाले हाल रु १२ करोड राजश्व संकलनको लक्ष्यसहित अघि बढेको उहाँको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय र महाकाली अञ्चल अस्पतालको विकासका निम्ती सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउँदै नगर प्रमुख विष्टले पहिलो वर्षमै बजार क्षेत्रको सुरक्षाका लागि १८ वटा स्थानमा सिसिटिभी क्यामेरासमेत जडान गरिएको बताउनुभयो ।

गत आवमा प्रदेश नं ७ मै उत्कृट नगरपालिका छनोट भएर सम्मानितसमेत भएको भीमदत्त नगरपालिकाले वितेको वर्षमा सडक निर्माण एवं विस्तारलाई व्यापक जोड दिएको छ । रौटेला, ब्रह्मदेव जैविक धार्मिक पर्यटकीयमार्ग निर्माणदेखि शुक्लाफाँटा पर्यटन मार्गनिर्माण समेत थालनी नगरपाकिलाले गरेको छ । भीमदत्त नगरपालिकाका १९ वटै वडा पुग्ने चक्रपथ निर्माणदेखि छाडा पशुचौपायको व्यवस्थापनसम्मलाई आर्थिक बजेटमै समेटेर काम जारी राखेको नगरप्रमुख विष्टले जानकारी दिनुभयो ।

भीमदत्तको गुरुयोजना निर्माण गरी विकासमा लागेको बताउँदै उहाँले बजारको सरसफाइदेखि ढल निकासको कामसम्म दु्रत गतिमा भइरहेको जानकारी दिनुभयो । नगरपालिकाभित्रका अतिविपन्न ५०० दलित परिवारलाई सोलार वितरण, विद्युत्को समस्या टार्न १५ वटा ट्रान्सफर्मर खरीद गरिएको छ ।

त्यसैगरी यहाँको धार्मिक पर्यटकीयस्थल झिलमिला ताल क्षेत्रमा दृश्यावलोकनका लागि रु ८० लाखको लगानीमा भ्यूटावरसमेत निर्माणाधीन अवस्थामा छ । एक लाख चार हजार ५९९ जनसङ्ख्यामा रहेको भीमदत्त नगरपालिकामा २४ हजार ३७२ घरधुरी छन् । गत असारमा सम्पन्न भीमदत्त नगरपालिकाको तेस्रो नगरपरिषद्ले रु एक अर्ब १० करोड ६४ लाखको बजेट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com