
चितवन , २५ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लप समुहको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गरिएको बताएका छन् ।
गृहजिल्ला चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले राज्यको कानुन उलंघन गरेकोले प्रकाण्डलाई पक्राउ गरिएको र राज्यको निति र कानुन विपरित गर्ने अपराधी भएको प्रष्ट पारे ।
राज्यको विरुद्ध गतिविधी गरेको र चन्दा आतंकमा लागेकोले उनलाई पक्राउ गरिएको गृहमन्त्रीले थापाले बताए ।
उनले गृहमन्त्रालय शान्ति सुरक्षा मजबुद बनाउनमा लागिरहेको र भक्तपुरको अपहरण घटनामा पनि प्रहरीले २४ घण्टा भित्रै अपराधीहरुलाई निस्तेज पारेको बताए ।
इक्टाउण्टर फेक भएको गुनासो आएको छ नि भन्ने पत्रकारहरुको प्रश्नमा गृहमन्त्री थापाले अहिलेसम्मको जानकारीमा इन्काउण्टर फेक नभएको जिकिर गरे ।







प्रतिक्रिया दिनुहोस्