ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षमता भन्दा बढी विद्यार्थी बोक्दै स्कुल बस


bhawani desk

 

चितवन ,२४ साउन । चितवनमा रहेका विद्यालयका बसहरुले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् ।

चितवनका अधिकाम्स निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा २ गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको छ । सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुन्छ तर स्कुलबसहरुले ८०–९० जना विद्यार्थीसम्म बोक्ने गरेका छन् ।

अभिभावकहरुसँग प्रत्येक विद्यार्थीको मासिक रुपमा शुल्क उठाउने विद्यालयले विद्यार्थीहलाई भने त्यो अनुरुपको सेवा दिएको छैन । केहि स्कुल बसमा विद्यार्थीहरुलाई भेडाबाख्रा जसरी बोक्ने गरिएको छ ।

बसमा उब्बिने समेत ठाँउ नहुने गरि विद्यार्थी बोक्ने गरेका छन् । क्षमता भन्दा बढी विद्यार्थी बोकेर बस निर्वाद गुड्ने गरेका छन् तर त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान पुग्न सकेको छैन । पुर्वीचितवनको डेजी स्कुल , नेपाल आदर्श शिक्षा सदन र ओसिएन एकेडेमीको स्कुल बसले क्षमता भन्दा बढी विद्यार्थी बोकेका छन् ।

यी त प्रतिनिधि मुलक नाम मात्रै हुन् चितवनका अधिकाम्स विद्यालयका बसहरुले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । सडकमा क्यामरा सहित निगरानी गरेको थाहाँ पाएर क्षमता भन्दा बढी विद्यार्थी बोकेको डेजी स्कुलको ग १ क ३१३८ नम्बरको स्कुल बसले विद्यालय भन्दा एक किलोमिटर टाढै केहि विद्यार्थीलाई झारेर उनीहरुलाई पैदल हिडाएरै स्कुल पठाएका थिए ।

डेजीकै ना १ क ६९२५ नम्बरको स्कुल बसमा त भित्र पस्ने ठाँउ समेत नहुने गरि विद्यार्थीहरु कोचाकोच गरेर उभिने गरेका छन् । त्यस्तै नेपाल आदर्श शिक्षा सदनको ना २ ख ९९७१ नम्बरको स्कुल बसले एउटै बसमा करिब ८० जना विद्यार्थी बोक्ने गरेको छ ।

स्कुल बसमा एउटै सिटमा ४ जना विद्यार्थीसम्म राख्ने गरिएको छ । कुनै पनि सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नमिल्ने र विद्यालय बस त अझ संवेदनशिल भएकोले त्यस्तो भेटे कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक बेदप्रसाद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com