
काठमाडौं,२३ साउन । नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले त्यसलाई फिर्ता लिन अस्वीकार गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उनलाई राजीनमा फिर्ता लिन आग्रह गरेका थिए गत साउन ७ गतेको सचिवालय बैठकमा डा गोविन्द केसीको जारी अनसनको विषयमा श्रेष्ठको सक्रियतालाई लिएर अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेपछि श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएका थिए।
श्रेष्ठलाई अध्यक्षद्वयले राजीनामा फिर्ता लिइदिनुस् भनेर आग्रह गरेका थिए । बैठकमा सहभागी एक सदस्यले भने, तर, उनले मानेनन । मैले स्वेच्छाले आनन्दपूर्वक राजीनामा दिएको हु।
त्यसैले फिर्ता लिने कुरा भएन। सचिवालयले जे निर्णय पनि लिन सक्छ। त्यसलाई म सम्मान गर्छु। तर दिइसकेको राजीनामा फिर्ता लिन्नँ श्रेष्ठको भनाइ उदृत गर्दै ती नेताले भने। तर निर्णय भने केही पनि हुन सकेन। बैठक भोलि पनि बस्ने भएको छ ।







प्रतिक्रिया दिनुहोस्