ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक पर्यटनको रुपमा विकास हुँदै


bhawani desk
श्रावण २३, २०७५ बुधबार  १२ : १९ बजे

बनेपा, २३ साउन । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ ।

विसं २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको सो ठाउँमा मन्दिरसँगै बाल उद्यान, वनभोज पार्क, वृद्धाश्रम, वृक्षरोपण र अन्य पार्क निर्माणका लागि काम अगाडि बढिरहेको लटरम्बेश्वर महादेव तथा संसारीदेवी मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष डोलबहादुर कार्की (नानीराम)ले बताउनुभयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा पर्ने सो ठाउँमा २०७३\७४ मा सूर्यविनायक नगरपालिकाले रु २० लाख आर्थिक सहयोग उपलब्ध गरिएको सो मन्दिरको लागि स्थानीयस्तरबाट समेत आर्थिक सहयोगमा हाल निर्माणाधीन अवस्थामा रहेको छ ।

उहाँका अनुसार कृषि विकास बैंकको क्षेत्रीय निर्देशनालयबाट सामाजिक विकास कोषमार्फत रु एक लाखको सहयोगमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । उहाँका अनुसार नेपाल सरकारबाट समेत रु ४० लाख अनुदानसहित स्थानीय बासिन्दाको सहयोग गरी कूल रु एक करोड ५० लाख लगानी भइसकेको बताउनुभयो ।

पहिला दिनमा दुई-चारजना मात्रै भक्तजन आउने गरेको मन्दिरमा भवन निर्माण कार्यसँगै भक्तजनको आगमन बढ्दै गएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभलक्ष्मी कार्कीले बताउनुभयो । मन्दिरको दक्षिणमा आशापुरेश्वर महादेव, उत्तरमा महाङ्कालेश्वर महादेव र पूर्वमा विकटेश्वर महादेव रहेको सो मन्दिर ११ वटा गजुर राखेर निर्माण गरिएको छ ।

भिङ्गालेश्वर र लटरम्बेश्वर सामुदायिक वनको बीचमा रहेको सो क्षेत्र दुई हेक्टर क्षेत्रफलमा फैलिएको छ । दुबै सामुदायिक वनले धार्मिक पर्यटन विकासका लागि भनेर कार्ययोजनामा नै पारित गरिसकेको अध्यक्ष कार्कीले बताउनुभयो । विगतमा उपत्यकालाई एकीकरण गर्नका लागि पृथ्वीनारायण शाहले गडी निर्माण गरेको ठाउँ साँगा संसारीदेवी गडीको रुपमा समेत परिचत रहेको छ ।

काभ्रे जिल्लाको भँैसेपाटी बनेपालगायतका स्थान अवलोकन गर्न सकिने सो ठाउँबाट उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाको विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । हावापानी र वातावरणको दृष्टिकोणले पनि अति उपयुक्त ठाउँ भएकाले पछिल्लो अवस्थामा भक्तजनको ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी योगेन्द्रबहादुर घलेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

नेपालका विभिन्न स्थानबाट देखिएको आकाशको उज्यालो दृश्य : के थियो त्यो रहस्यमय प्रकाश ?

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com