ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको नाममा जग्गा पास गर्ने क्रम बढदो


bhawani desk

बैतडी, २३ साउन । पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै गएको छ ।

महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा सरकारले छुटको व्यवस्था गरेका कारण यो क्रम बढ्दै गएको हो । पहिला महिलाको नाममा जग्गा पास गर्ने चलन थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ ।

आर्थिक वर्ष २०७३\७४ मा ७९ महिलाको नाममा जग्गा पास भएको थियो । आव २०७४\७५ मा ९२ महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालयका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिनुभयो । गत आवमा एक दम्पतीले संयुक्तरूपमा जग्गाको लालपुर्जा लिएका छन् ।

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको समान हक हुने कुरा उल्लेख गरिएको छ । अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिलाको अग्रसरताको कमीका कारण महिलाको सम्पत्तिमा न्यून पहुँच रहेको पाइन्छ ।

शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्द सम्पत्तिमा पहुँच पु¥याउनका लागि नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने बताउनुहुन्छ । “पहिलादेखि नै पुरुषको नाममा जग्गा दर्ता गर्ने र उनीहरूलाई नै सम्पत्तिको हकदार ठान्ने चलन थियो,” उहाँले भन्नुभयो ।

सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्ट सबै स्थानीय तहमा महिलाको पहुँच भएका कारण स्रोेत तथा सम्पत्तिमा महिलाको पहुँच पुगेको बताउनुहुन्छ । “हामी यसका लागि अझै पहल गछौँ,” उहाँले भन्नुभयो ।

महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने सरकारले व्यवस्था गरेको छ । महिलाको नाममा भएको लालपूर्जालाई एक महिनाभित्रै संयुक्त नाममा बनाउन सकिने र त्यसका लागि रु एक सय मात्रै खर्च लाग्ने नियम छ ।

महिला र पुरुष दुवैको नाममा संयुक्त लालपूर्जा बनाएमा पनि सरकारले राजश्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com