
काठमाडौं,२१ साउन । उपचारका लागी चीनमा जानुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्कनुभएको छ ।
नेता खनाल आफ्नो पूर्ण स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएको हो । चीनमा रहदा नेता खनालले सिचुवान प्रान्तस्थित वेस्ट चाइना इन्टरनेसनल अस्पतालमा हाइपर प्याराथाइराइ र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गर्नुभएको थियो ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले दुई वटा शल्यक्रिया एकै पटक गरेपछि आफू स्वस्थ भएको र अब देश, जनता र पार्टीको सेवामा अझ सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।
चीनमा रहदा आफुले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख तथा सिचुवान प्रान्तका प्रमुखसँग पनि भेटघाट भएको जानकारी दिनुभयो । प्याराथाइराइ र मिर्गौलामा समस्या देखिएपछि खनाल १५ दिन अघि उपचारका लागी चीन जानुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्