ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निकुञ्जले पशु चौपाया छाडन नदिएपछि


bhawani desk

नेपालगन्ज,१७ साउन । नेपालगन्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ ।

गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर  नेपालगन्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ ।

तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको प्रयासमा बुधबारबाट पूर्णविराम लागेको छ ।

बुधवार अपराह्न छाडा चौपाया लिएर निकुञ्ज क्षेत्रमा पुगेको नगरपालिकाको पाँचवटा ट्रकलाई नेपाली सेनाले फिर्ता पठाएपछि समाधानको यो प्रयास पनि तुहिएको छ । निकुञ्जले यसअघि जंगल क्षेत्रमा पशु चौपाया छाड्ने कार्यप्रति आपत्ति जनाउँदै आएको थियो ।

नेपालगञ्जको फूलटेक्रामा (सानो आँकारको कान्जी हाउस) सबै छाडा चाौपाया नअट्ने भएपछि निकुञ्ज आसपास छाडने गरिएको थियो । निकुञ्जले पनि यसमा पूर्णविराम लगाएपछि अहिले नेपालगञ्जका पदाधिकारी रनभुल्लमा परेका छन् ।

“हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुन सक्छ,” नगर प्रमुख डा धवलशम्शेर राणाको प्रश्न छ ।

नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको संख्यामा पशु यता धपाउने गरिएको छ । वर्साात् शुरु भएपछि ढुवानी कारोवारीले ल्याएका खच्चरमध्ये रोगी, थाकेका र मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले छाडा चौपायाको समस्या झन बल्झिएको छ ।

केही समय अघि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो । शिविरमा करीब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com