ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै घर जेल भयो


bhawani desk

भक्तपुर, १६ साउन । सूर्यविनायक नगरपालिकाको निर्देशन अवज्ञा गर्दै सुर्यविनायक नगरपालिका वडा नम्वर २ का हरिबहादुर रानाभाटले सार्वजनिक बाटोमा नौ फिटे पर्खाल लगाएपछि सर्वसाधारण मार्कामा  परेका छन् ।

रफत संचार क्लव भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा पिडितहरुले आफूलाई मार्का परेको भन्दै न्यायको माग गरेका छन् । सूर्यविनायक नगरपालिका २ बालकोटका हरिवहादुर रानाभाटले उच्च अदालत पाटनको बलमा चलनचल्तीको बाटोमा नौफिटे पर्खाल लगाउँदा सर्वसाधारणलाई समस्या भएको हो ।

नक्सामै भएको करिब चारफिटे बाटोमा रानाभाटले पर्खाल लगाउँदा उक्त बाटो भई जाने सर्वसाधारणहरु बाटोविहीन र आफ्नै घरमा कैद भएका छन । स्थानीयले २० वर्षदेखि भोगचलन गर्दै आएको बाटोमा स्थानीय कल्पना रानाभाट र सरस्वती खत्री परिवारले पर्खाल लगाएर छर छिमेकलाई दुःख दिएका हुन् ।

कल्पना र सरस्वतीको तर्फबाट कल्पनाका पति हरिबहादुर राणाभाटले उक्त पर्खाल लगाएका हुन् । स्थानिय सुमन रानाका अनुसार कल्पना र सरस्वतीले बाटोको मुखैमा रहेको जग्गा दुई वर्ष पहिला खरिद गरेका थिए।

जग्गा खरिद गरेर दुई वर्षअघि उक्त बाटोमा पर्खाल लगाउन सुरु गरि अन्य दुई कित्ता जमिन उनीहरुले धम्कीका भरमा खरिद गरि सकेका छन् । जग्गा छिर्ने स्थानमा बाटो छैन भित्र बाटो भएपनि निकास अन्त छैन यसकारण रानाभाट परिवारले हाल चलनचल्तीमा १५ लाख आना भएपनि ६ लाख आनाका दरले अरु जग्गा भने खरिद गरि सकेका छन् ।

तर २०६१ सालमा नै घरै बनाएर बसेका हरुलाई भने उनको हर्कतले मर्नु न बाच्नु भएको उनी बताउँछन् । आफूहरुको घर जाने बाटो नै बन्द हुने गरी पर्खाल लगाउन सुरु गरेपछि भक्तपुरस्थित प्रहरी प्रशासन, सूर्यविनायक नगरपालिका हुँदै प्रधानमन्त्रीको कार्यालय पुग्दा पनि सुनुवाई नभएको पीडित लक्ष्मी दुलाल बताउँछिन् ।

हामी प्रधानमन्त्रीको निवास भन्दा सय मिटर पर बसेका छौं तर हामी दुई बर्ष देखि अन्यायमा पर्दा पनि यसको सुनुवाई भने नभएको उनी बताउछिन् ।
स्थानीय प्रहरी प्रशासन, नगरपालिकाले उक्त पर्खाल नबनाउन पटकपटक आदेश दिँदा राणाभाटले नटेरी पर्खाल झन् झन् अग्ल्याउँदै आएको दुलालको भनाइ छ ।
दुई वर्ष देखि बाटोमा खाल्डा खन्ने तीन फिटको पर्खाल लगाएर दुःख दिदै आएका रानाभाटले साउन २ गते नौं फिटको पर्खाल लगाएपछि भने आफूहरुको घर नै जेल भएको उनी गुनासो गर्छिन् ।

आफुले घरको नक्सा पास गर्दा संचयकोषवाट लोन लिएर घर बनाउँदा समेत ‘नक्सामै बाटो भएकाले स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले उहाँ (हरिबहादुर रानाभाट) लाई उक्त बाटो बन्द नगर्न पटकपटक निर्देशन दिए’, ‘तर उहाँले टेर्नुभएन उल्टै बाटो नजनिएको पुरानो नक्सा देखाएर उच्च अदालत पाटनबाट बाटो दिन नपर्ने फैसला गराएर ल्याउनुभयो।’ आँसु खसाल्दै उनले भनिन हामी त आफ्नै घरको जेल भित्र परेका छौं ।

सूर्यविनायक नपा २ का वडा अध्यक्ष कमलनाथ आचार्यले २०६१ सालमै चारफिटे बाटो कायम भएको जानकारी दिए। सोहीअनुसार हरिबहादुर रानाभाटलाई बाटो अवरुद्ध नगर्न पटकपटक निर्देशन दिँदा पनि सुनुवाइ नभएको उनी बताउँछन्।
‘२०६१ सालमै बाटो जनिएर आएकाले बाटो अवरुद्ध नगर्न हामीले पटकपटक ध्यानाकर्षण गरयौं’, वडा अध्यक्ष आचार्यले भने, ‘उल्टै हामीविरुद्ध उच्च अदालत पाटनमा रानाभाटले मुद्दा हाले।’

उच्च अदालतले एकतर्फी रुपमा फैसला गरेको उनले आरोप लगाए । अदालतका न्यायाधीशहरुको नियतसमेत राम्रो नभएको भन्दै स्थानीय तह एवं जनप्रतिनिधिहरुसँग फिल्डमा के कस्तो अवस्था छ भन्ने बुझ्नेसम्म प्रयास नगरी फैसला गर्नुले अदालतका न्यायाधीशहरुको नियतमा प्रश्न चिन्ह उठ्ने उनी बताउँछन् ।

हाल साविकको नक्सा नझिकाई र स्थानीय तहको राय आदि नबुझी उच्च अदालतले गरेको फैसला गलत छ’, वडा अध्यक्ष आचार्यले थपे, ‘सामाजिक न्यायको हिसाबले पनि बीसौं वर्षदेखि भोगचलन गर्दै आएको बाटो बन्द गर्नु अनुचित हो ।’

सर्वजनिक बाटो कुवा खोला नाला पोखरी आदि कसैको हुँदैन भनेर मनु स्मृतिले समेत भन्छ हाल आएर नयाँ नेपालको कानुन एवं न्याय शिद्दान्त बनेको छ खै त पीडितलाई न्याय भएको उल्टै अदालतले यस्तो फैसला गर्नु लाजमर्दो भएको उनी बताउँछन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय भीम ओझा र अग्नि थपलियाको संयुक्त इजलासले रानाभाटले आफ्नो सम्पत्तिको सुरक्षा गराई पाउँ भन्ने मागको पक्षमा सुनुवाइ गर्दै बाटो दिनुनपर्ने फैसला गरेको थियो।

रानाभाटले सोही फैसलाको आधारमा केही फिट लगाएर छोडिएको पर्खाललाई थानकोटका प्रहरी (सही) राम पूर्ण रानाभाटको सहयोगमा नौफिट अग्ल्याएका हुन् । बाटोमा पर्खाल लगाउनु कतिको न्याय हो भन्दा उनले स्थनयिलाई उक्त पर्खाल बनाउन बनाएको खल्डोमा पूर्ने धम्की दिदै महिला माथी नै हात पात समेत गरेको स्थानिय बताउंछन् ।

बाटोमा पर्खाल बनाउने रानाभाटले भने आफूले खरिद गरेको जग्गामा बाटो नभएकाले जग्गा सुरक्षा गर्न पर्खाल बनाएको स्पष्टीकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com