ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय संसद्का महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकियो


एबीसी न्यूज

काठमाडौँ, १५ साउन । संघीय संसद् सचिवालयले महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकेको छ ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिसहित प्रशासन महाशाखा प्रमुखमा ध्रुवप्रसाद घिमिरे, प्रतिनिधि सभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुखमा कृष्णहरि खड्का, प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिसहित मानव संसाधन विकास महाशाखा प्रमुखमा सुदर्शन खड्कालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी प्रतिनिधि सभाकै शिक्षा तथा स्वास्थ्य समिति र विधि व्यवस्थापन महाशाखा प्रमुखमा जीवराज बुढाथोकी, सोही सभाको सार्वजनिक लेखा समिति र प्रविधि व्यवस्थापन महाशाखा प्रमुखमा डा रोजनाथ पाण्डेले जिम्मेवारी पाउनुभएको छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति र कार्य व्यवस्थापन महाशाखा प्रमुखमा मुरारी महत, सोही सभाको विधायन व्यवस्थापन समिति र विधि व्यवस्थापन महाशाखा प्रमुखमा मनोजकुमार गिरी प्रमुख हुनुहुन्छ ।

यसैगरी महिला तथा सामाजिक समिति र सांसद सुविधा व्यवस्थापन महाशाखा प्रमुखमा हृदयराम महर्जन, प्रतिनिधि सभाको अर्थ समिति र अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा प्रमुखमा सुरेन्द्र अर्याल प्रमुख तोकिनुभएको छ ।

सोही सभाको विकास तथा प्रविधि समिति र कार्य व्यवस्था महाशाखा प्रमुखमा वंशीराज पौडेल, प्रतिनिधिसभाकै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा प्रमुखमा घनिन्द्रराज चिमौरियाले जिम्मेवारी पाउनुभएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रमुख तोक्न बाँकी छ । तोकिनुभएका सहसचिवले समितिको सचिवका रुपमा काम गर्नुहुनेछ ।

दुवै सभाको संयुक्त समितिका रुपमा रहने संसदीय सुनुवाइ समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन एवम् अनुगमन तथा मूल्यांकन समितिको निर्णय संसद् सचिवालयको महासचिवले नै प्रमाणित गर्ने व्यवस्था संघीय संसद्को संयुक्त बैठक र समिति कार्यसञ्चालन निर्देशिका–२०७५ मा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com