ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चक्कु देखाएर दिउँसै लुटियो छ लाख


एबीसी न्यूज

भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका वडा नं. ८ ल्योसिंखेल चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर रु ६ लाख लुटेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईँले घरबाट ल्याएको रु चार लाख र कमल विनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु दुई लाख गरी रु ६ लाख लिएर सूर्यविनायकतर्फ जाँदै गर्दा लुटेराले आज बिहान ११ : २५ बजे लुटपाट गरेका हुन् ।

दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिँडेरै सूर्यविनायकतर्फ जाँदै गर्दा एकान्तमा पारेर मोटरसाइकलमा माक्स लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईँले बताउनुभयो ।

निर्माण व्यवसायीसमेत रहनु भएका बजगाईँले भन्नुभयो, “पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जाँदै थिए, मोटरसाइकलमा आएका व्यक्तिले चक्कू झिकेर कराईस् भने मारिदिन्छु भनेर पैसाको झोला खोसेर लगे, मेरो होसहवास नै उड्यो ।”

घटना भए लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरलाई घटनाबारे जानकारी गराएको बताउँदै पीडितका भाइ सोम शर्मा (बजगाई) ले घटनाको तत्काल अनुसन्धान गरी लुटेरा पक्राऊ गरी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराउन माग गर्नुुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले घटनाको जानकारी आएलगत्तै चारैतर्फ कडाईका साथ जाँचसहित लुटेराको खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com