ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सशस्त्र प्रहरीका ५ सय २६ कर्मचारीले दिए राजीनामा


एबीसी न्यूज
श्रावण १५, २०७५ मंगलबार  ५ : ४७ बजे

काठमाडौं, १५ साउन । सशस्त्र प्रहरीमा एक महिनामा ५ सय २६ अधिकारीले सेवाबाट राजीनामा दिएका छन् । उनीहरुले एक महिनाको अवधीमा राजीनामा दिएका हुन् ।

सशस्त्र प्रहरी मुख्यालयले असार महिनामा मात्रै विभिन्न तहका ५ सय ३६ जनाले राजीनामा दिएको जनाएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक विवरण सार्वजनिक गर्दै सशस्त्रका प्रवक्ता एवं डिआईजी बाबुराम पाण्डेले बैशाखमा १ सय जना, जेठमा १ सय ६० जना र असारमा ५ सय २६ जना गरी ३ महिनमा ७ सय ८६ जनाले राजीनामा दिएको जनाएका हुन् ।

उनका अनुसार ३ महिनाको अवधिमा सबैभन्दा बढी मात्रै ४ सय ६५ जना वरिष्ठ हवल्दारले राजीनामा दिएका छन् । त्यस्तै, सहायक निरीक्षक १ सय ३३ जना, जवान ९८ जना, नायब निरीक्षक २७ जना, हवल्दार ३१ जना, सहायक हवल्दार २२ जना, परिचर ७ जना र प्रहरी निरीक्षक ३ जनाले राजीनामा दिएका छन् ।

यो अवधिमा २ सय २ जनाले अनिवार्य अवकास पाएका छन् । समयमा बढुवा नभएका कारण उनीहरुले राजीनामा दिएको हुन सक्ने बताइएको छ । डिआईजी पाण्डेले यो समस्यालाई मध्यनजर गर्दै कर्मचारीहरुको वृत्ति, विकासलाई ध्यानमा राखेर कार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com