ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ बर्षिया बालिका हत्या प्रकरणले लियो नयाँ मोड: बलात्कारपछि फुपूकै मिलेमतोमा हत्या


एबीसी न्यूज
श्रावण १४, २०७५ सोमबार  ३ : १३ बजे

काभ्रे, १४ साउन । तेमाल गाउँपालिका आधाबाटोमा गएको असार २० गते राति भएको बालिका हत्या प्रकरणले नयाँ मोड लिएको छ ।

हत्या गरिएको भनिएकी ९ वर्षकी बालिका एलिसा तामाङको आफ्नै फुपूसमेतको मिलेमतोमा जबरजस्ती करणी पछि हत्या भएको प्रहरी अनुसन्धान तथा बालिकाको स्वास्थ्य परीक्षणबाट देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख रविराज खड्काले पत्रकार सम्मेलन गरि दिनुभएको जानकारी अनुसार बालिकाको घर नजिकै रहेको छेन्देलिङ्ग हेलेमेन्दो गुम्बाको परिसरभित्र रहेको पर्खाल नजिकै ढुंङ्गा थुपारेको स्थानमा जोखन मन्सुरीले मादक पदार्थ सेवन गरेको नसामै करणी गरेको र करणीबाट बालिकाको योनाङ्ग तथा मलद्धारमा समेत चोट लागेको जनाइएको छ ।

प्रतिवादी जोखन मन्सुरीले मादक पदार्थ सेवन गरी बालिका करणी गर्ने क्रममा बालिका चिच्याएपछि पीडित बालिकाको नाक मुख थुनी दिएकोमा निसास्सिएर निज बालिकाको मृत्यू भएको हो ।

नातामा फुपू पर्ने मिना तामाङ्गले प्रत्यक्ष देखे पनि कुनै प्रतिकार नगरेको र घटना लुकाउने प्रयास भएको प्रहरीको अनुसन्धानले खुलेको प्रहरीले जनाएको छ ।

गएको असार २० गते साँझ घरको बाख्रा खोरमा २१ वर्षीय फुपू मिना तामाङ र ज्यामी काम गर्ने २३ वर्षीय जोखन मन्सुर यौनसम्बन्ध राखिरहेकोे अवस्थामा एलिसाले देखेपछि आफ्नो अवैध सम्बन्ध लुकाउन यो घटना घटेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डीएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले फुपू मिना र मन्सुर मिलेर बालिकाको हत्या गरेको बताउनुभयो ।

उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको छ । दुवैलाई जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com