ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारमा पहिरोमा परेका २३ शव भेटिए


bhawani desk
श्रावण १४, २०७५ सोमबार  २ : ३९ बजे

एजेन्सी,१४ साउन । म्यानमारको काचिन राज्यमा गत साताको पहिरोमा परी हराइरहेका व्यक्तिमध्ये २३ जनाको शव भेटिएको उद्धारकर्ताहरुले जनाएका छन् । अविरल वर्षासँगैको पहिरोमा परेर २७ जना स्थानीयबासी पुरिएका थिए ।

काचिन राज्यको एक स्थानीय टेलिभिजन ‘७ डे न्यूज’ ले आइतबार साँझसम्ममा हराएकामध्ये २३ व्यक्तिको शव भेटिएको जनाएको छ । अरु चार जनाको खोजी भइरहेको छ । तर उनीहरुलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना भने नरहेको अधिकारीहरुले जनाएका छन् ।

उक्त राज्यको सेकी मुन भन्ने गाउँमा रहेको एक कम्पनीको वरिपरि लगाइएको ९१ मिटर अग्लो पर्खाल मङ्गलबार बिहान अकस्मात भत्किएर सो दुर्घटना भएको थियो । पर्खाल भत्किएसँगै गएको पहिरोमा परेर उक्त कम्पनीको नजिकको बस्तीमा रहेका स्थानीयलाई बगाएको थियो ।

म्यानमारको उक्त राज्य उत्तरतर्फ पर्छ र त्यो विशेषगरी खानी इलाका हो । सो इलाकामा मनसुनी वर्षाको समयमा पहिरोको निकै जोखिम हुने गर्दछ ।

उक्त क्षेत्रमा यही जुलाई १४ मा पनि दुई ओटा छुट्टाछुट्टै पहिरोमा परी कम्तीमा १७ जनाको ज्यान गएको थियो । त्यसमा परी अरु ४३ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com