ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ का गुन्डाहरु को–को ?


एबीसी न्यूज
श्रावण १४, २०७५ सोमबार  १२ : ३७ बजे

विराटनगर, १४ साउन । प्रदेश १ प्रहरीले गुन्डाहरूको वर्गीकरण गरेर प्रोफाइल नै बनाई नियन्त्रण अभियान थालेको छ । प्रहरीले एक सय ३३ गुन्डाको सूची बनाएर ‘क’, ‘ख’ र ‘ग’ वर्गमा बाँडेको छ ।

प्रहरीले वर्गीकरण गरेका सबैको फोटोसहितको प्रोफाइल बनाएको जनाएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी केदारप्रसाद रिजालले ‘क’ वर्गका गुन्डालाई सुरक्षा चुनौतीका रूपमा लिएको बताए । उनले भने, ‘हामी क वर्गका गुन्डालाई छाड्नेभन्दा सजाय दिलाउने गरी पक्राउ गर्न चाहन्छौँ ।’

क वर्गका गुन्डाले चतुर्‍याइँपूर्वक अरूबाट अपराध गराउने हुँदा पर्याप्त प्रमाण जुटाएर मात्र पक्राउ गर्ने प्रहरीको योजना छ । उनीहरूले राजनीतिक आवरणमा काम गर्ने प्रहरीको भनाइ छ ।

प्रहरीले प्रोफाइल भने सार्वजनिक गरेको छैन । पक्राउ गर्ने क्रममा नै रहेका कारण तत्काल प्रोफाइल सार्वजनिक नगरिने डिआइजी रिजालले बताए । प्रहरीले राजनीतिक आवरण लिनेलाई क, स्थानीय नेता वा पहुँचवालाहरूको संरक्षण लिनेलाई ख र बाहुबलका आधारमा अपराध गर्नेलाई ग वर्गमा राखेको छ ।

प्रहरीको वर्गीकरणमा क वर्गमा ११ जनाको नामको छ । क वर्गका गुन्डा भने तराईका तीन जिल्ला मोरङ, सुनसरी र झापामा मात्र छन् । सबैभन्दा कम गुन्डा धनकुटामा छन् । धनकुटामा ग वर्गका एकजना मात्र छन् ।

डिआइजी रिजालले असारदेखि नै तीनमहिने गुन्डा नियन्त्रण अभियान थालिसकेको जानकारी दिए । नियन्त्रणमा लिइएका गुन्डालाई कानुनी कारबाही गरिने उनले दृढता व्यक्त गरे ।

सबैभन्दा धेरै सुनसरीमा
प्रदेशका १४ जिल्लामध्ये प्रहरीको सूचीमा सबैभन्दा धेरै सुनसरीमा २३ गुन्डा छन् । सुनसरीमा ‘क’ वर्गका नौ, ‘ख’ र ‘ग’का सात–सातजना छन् । मोरङमा ‘क’का दुई, ‘ख’का चार र ‘ग’का ११ गरी १७ जना गुन्डा छन् । झापामा ‘क’का एक, ‘ख’का तीन र ‘ग’का नौ गरी १३ जना छन् ।

पहाडी जिल्ला संखुवासभा र सोलुमा मात्र ‘ख’ वर्गका गुन्डा छन् । संखुवासभामा ‘ख’का दुईसहित १३ र सोलुमा ‘ख’का एकसहित १० जना छन् । तेह्रथुममा ११, भोजपुरमा १०, सोलुमा १०, संखुवासभा, इलाम र पाँचथरमा सात–सात, ताप्लेजुङमा ६, खोटाङमा पाँच, उदयपुरमा दुई र धनकुटामा एकजना छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com