ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानब बेचबिखनको लागि सहज बन्दै पशुपतिनगर नाका


एबीसी न्यूज

इलाम, साउन १४ । मानव तस्करहरुका लागि पशुपतिनगर नाका सरल बन्दै गएको छ। भौगोलिक विकटता, जनशक्तिको अभावका साथै दुवै नेपाल–भारत दुवैतर्फका मानिसहरु एकै मुलको भएकाले तस्कर पहिचानमा समस्या हुने गरेको माइती नेपाल आवधिक गृह पशुुपतिनगरका प्रमुख होम ढकालले बताए।

एक वर्षको अवधिमा यस नाकामा ६८ हजार ५३२ वटा गाडीमा चेकजाँचका साथै एक हजार ८७१ जनालाई सोधपुछ गरिएको ढकालले जानकारी दिए।

जिल्लाका विभिन्न स्थानमा तीन हजार ७९० पम्प्लेटिङ गरेर सचेतना जगाए पनि इलामको जिर्मलेदेखि प्राङबुुङसम्म तीन सयभन्दा बढी साना नाका भएकाले रोक्न कठिनाइ भएको उनको भनाइ छ।

पशुपतिनगर नाकाबाट ५३ जिल्लाका महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको माइती नेपाल आवधिक गृह पशुुपतिनगरले जनाएको छ।

उद्धार गरिएकामध्ये पश्चिम नेपालका महिला तथा बालबालिकाहरु बढी रहेका छन्। ढकालका अनुसार दलालले इलाम तथा दार्जिलिङ घुमाउन लग्ने भन्दै सीमापार गराउने गरेको छन्।

माइती नेपाल पशुुपतिनगरमा बालबालिका तथा महिला खोजतलासका ६३ वटा निवेदन परेका हालसम्म २२ जना मात्र फेला परेको छन्। त्यसैगरी काँकडभिट्टामा ८६ बटा निवेदन परेकोमा ३० जना, जोगबनीमा २७ मा ३ तथा सुनसरीमा ३५ निवेदन परेकोमा १५ जना फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले श्रीमान विदेश गएका महिलाहरु हराउने क्रम बढी रहेको बताए। ‘हराएको सूचना समयमा नदिँदा फेला पार्न कठिन रहेको छ।

धेरै जसो प्रेममा परेर हराउने क्रम छ,’ उनले भने, ‘हराएको भनी निवदेन दिने अनि फेला परेपछि जानकारी नगराउने प्रवृत्तिले पनि हराएको संख्या धेरै देखिएको हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com