ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानब बेचबिखनको लागि सहज बन्दै पशुपतिनगर नाका


एबीसी न्यूज
श्रावण १४, २०७५ सोमबार  ११ : ५५ बजे

इलाम, साउन १४ । मानव तस्करहरुका लागि पशुपतिनगर नाका सरल बन्दै गएको छ। भौगोलिक विकटता, जनशक्तिको अभावका साथै दुवै नेपाल–भारत दुवैतर्फका मानिसहरु एकै मुलको भएकाले तस्कर पहिचानमा समस्या हुने गरेको माइती नेपाल आवधिक गृह पशुुपतिनगरका प्रमुख होम ढकालले बताए।

एक वर्षको अवधिमा यस नाकामा ६८ हजार ५३२ वटा गाडीमा चेकजाँचका साथै एक हजार ८७१ जनालाई सोधपुछ गरिएको ढकालले जानकारी दिए।

जिल्लाका विभिन्न स्थानमा तीन हजार ७९० पम्प्लेटिङ गरेर सचेतना जगाए पनि इलामको जिर्मलेदेखि प्राङबुुङसम्म तीन सयभन्दा बढी साना नाका भएकाले रोक्न कठिनाइ भएको उनको भनाइ छ।

पशुपतिनगर नाकाबाट ५३ जिल्लाका महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको माइती नेपाल आवधिक गृह पशुुपतिनगरले जनाएको छ।

उद्धार गरिएकामध्ये पश्चिम नेपालका महिला तथा बालबालिकाहरु बढी रहेका छन्। ढकालका अनुसार दलालले इलाम तथा दार्जिलिङ घुमाउन लग्ने भन्दै सीमापार गराउने गरेको छन्।

माइती नेपाल पशुुपतिनगरमा बालबालिका तथा महिला खोजतलासका ६३ वटा निवेदन परेका हालसम्म २२ जना मात्र फेला परेको छन्। त्यसैगरी काँकडभिट्टामा ८६ बटा निवेदन परेकोमा ३० जना, जोगबनीमा २७ मा ३ तथा सुनसरीमा ३५ निवेदन परेकोमा १५ जना फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले श्रीमान विदेश गएका महिलाहरु हराउने क्रम बढी रहेको बताए। ‘हराएको सूचना समयमा नदिँदा फेला पार्न कठिन रहेको छ।

धेरै जसो प्रेममा परेर हराउने क्रम छ,’ उनले भने, ‘हराएको भनी निवदेन दिने अनि फेला परेपछि जानकारी नगराउने प्रवृत्तिले पनि हराएको संख्या धेरै देखिएको हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : संयोजक शाह

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com