
काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुको भनाईप्रति असन्तुष्टि जनाउनुभएको छ । नागरिकको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको बताउनुभयो ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक कार्यसूची सकिएपछि साना, मसिना विषय समातेर प्रमुख प्रतिपक्षी दल ‘वैतरणी तर्न’ खोजेको हो बताउनुभयो । नेपाली जनताले विवेकले निर्णय गर्ने गरेका छन् गलत काम गर्ने र गलत समयमा गलत माग राखेर सरकार असफल बनाउँछु भन्ने कोही कसैले सोचेको छ भने त्यो सपना पूरा नहुने समेत अध्यक्ष प्रचण्डले भन्नुभयो ।
शेरबहादुरजीको नेतृत्व गरेको सरकारले गरेको निर्वाचनबाट कम्युनिष्टले बहुमत ल्याएको हो । आज उहाँहरु नै अधिनायकवाद ल्याउन लागे भनिरहनु भएको छ । कम्युनिस्टको सरकारले काम गर्न नसकोस् भनेर अनेका अनेक निर्णयहरु गरिएको र त्यसले राज्यको ठूलो धनराशी खर्च भएको छ ,अध्यक्ष प्रचण्डले भन्नुभयो ।







प्रतिक्रिया दिनुहोस्