
काठमाडौं ८ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीयकार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिन देखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताउन भयो ।
“हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं, प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार गठन भएकादिन देखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहाहुनप¥यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ ।
जसरी हामीले काँग्रेसलाई अपदस्थ ग¥यौं । प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न आन्दोलनमा लागेको बताउनु भएको छ । “उनीहरुलाई खटपट भएको छ ,जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए ।
उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहाथियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”
प्रधानमन्त्री ओलीले काँँग्रेसलाई प्रश्नगर्नुभएको छ ,काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन?कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ । नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताउनुभएको छ । “बिरामीको उपचार गर्नेजागिर खाएर हड्तालगर्ने ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “डाक्टरको जागिर खाएर हड्तालगर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ । ”
प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुत्त mबोलीमा आफ्नो ध्यान भएको बताउनु भएको छ । त्यस्ता कुराहरुलाई विधि सम्मत ढंगले सम्बोधन हुने उहाँले बताउनुभयो ।
सरकारका बारेमा सञ्चार माध्यमहरुलाई गलत सुचना प्राप्त भएको हुन सक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।
सरकारले राम्राकाम गरेको छ । रेलल्याउने कुरा गरेको छ । मेलम्चीको पानी चाँडै काठमाडौं आउदैछ” प्रधानमन्त्री ओलीले भन्नु भयो “अघिल्लो सरकारले धेरै वेथिती छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ । यो स्थायी सरकार हो । पाँच महिनामा नै आतिनु पर्ने केही छैन । सुशासन र विकास हुननदिने प्रयासलाई सफलहुननदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भिर भएको बताउनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्