ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्समा गहना चोर्ने गिरोह १५ वर्षपछि सर्बियामा पक्राउ, १६ वर्षमा ४२ अर्ब लुटे


एबीसी न्यूज
श्रावण ६, २०७५ आईतबार  ११ : २४ बजे

 

६ साउन। १५ वर्ष अघि फ्रान्सको एक गहना पसलमा चोरी गर्ने गिरोहका चार सदस्यलाई सर्बियाबाट पक्राउ गरिएको छ ।

इन्टरपोलका अनुसार यो गिरोहले सन् १९९९ देखि २०१५ को बीचमा तीन सय ८० वटा चोरी गरे । उनीहरुले हाइप्रोफाइल गहना पसलमा चारी गरेर १६ वर्षभित्र ३० करोड ९१ लाख डलर (४२ अर्ब रुपैयाँ) को चोरी गरे ।

स्रोतका अनुसार घटना सन् २००३ सेप्टेम्बर बिहानको हो । गिरोहका सदस्यले फ्रान्सको बेलफोर्ट इलाकाको एक गहना पसलमा छिरे । एकजनाले बन्दुक देखाए र अर्कोको एक मिनेटभित्रै पसलभित्रको सिसाको शो केस फुटाएर तीन लाख ५० हजार युरोको गहना र घडी लुटे ।

रगतको धब्बाले खुल्यो पोलः

१५ वर्षसम्म न त चोर समातियो न नै उनीहरुको पहिचान हुन सक्यो । फारेन्सिक टीमले सीसाको क्याबिनेटमा रगत भेटे । डीएनए परिक्षणपछि यो रगत दुई सर्बियाली नागरिक जिका र बोकाको भन्ने पत्ता लाग्यो । उनीहरुलाई फ्रान्समा कसैले चिन्दैनथे तर उनीहरु सर्बियामा भने वास्टेड थिए ।

पछि फोन रेकर्डबारे जानकारी पाएपछि सासा र लूका नामका अन्य दुई आरोपी बारे पत्ता लाग्यो । सर्बियाका सरकारी वकिल जुबिसा द्रागसेविचले भने, ‘धेरैजसो अपराधी निस, काकाक र यूजाइस इलाकाका हुन् । यो इलाका कुनै बेला रोजगारीको हिसाबले निकै राम्रो थियो तर अहिले त्यहाँको स्थिती नाजुक छ । त्यसकारण त्यहाँका मानिसहरु अपराधतर्फ धकेलिएका छन् । ’

उनीहरुलाई १५ वर्षको जेल सजायँ हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गैँडाको खागसहित सुनसरीबाट ४ जना पक्राउ, तस्करीको ठूलो सञ्चाल रहेको आशंका

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

सम्बन्धित

इजरायल–लेबनानबीच १० दिने युद्धविराम लागू

२ हजार कर्मचारी कटौती गर्दै बीबीसी

हिन्द महासागरमा आप्रवासी बोकेको डुंगा पल्टियो, २५० जना बेपत्ता

इरान-अमेरिका वार्ता दुई दिनभित्रै पुनः शुरू हुन सक्ने, पाकिस्तान नै सम्भावित गन्तव्य

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

इरान संकटको अन्त्य कसरी गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com