ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्ड बनाएर मात्रै कर्मचारीको सरुवा गर्न मन्त्री पुनको निर्देशन


admin
श्रावण ३, २०७५ बिहीबार  ३ : ३० बजे

काठमाडौँ, ३ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ । 


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका सचिव र मातहतका विभागका प्रमुखलाई सरुवाको मापदण्ड बनाउन र मनलाग्दी तवरले कुनै पनि निकायका कर्मचारीको सरुवा नगर्न निर्देशन दिनुभएको हो ।

मन्त्री पुनले सरुवामा मापदण्ड बनाएर लागू, गर्न, योग्य व्यक्तिलाई उचित जिम्मेवारी दिन तथा सही व्यक्ति सही पदको नीति लागू गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्री पुनले आज मन्त्रालय मातहतका सबै प्रमुख तथा पदाधिकारीलाई बोलाएर उक्त निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“मापदण्ड तयार भएपछि पूर्वअनुमानयोग्य हुन्छ । वस्तुपरक आधार पनि बन्छन् । कर्मचारीले पनि समान अवसर पाउने वातावरण निर्माण हुन्छ ।” उहाँभले भन्नुभयो ।

मन्त्री पुनले भनसुनका आधारमा काम गर्नेभन्दा पनि प्रणालीले काम गर्ने खालको वातावरण बनाउन तथा अनुचित लाभ र दबाब दिने काम जो कोहीले गरे पनि आफूलाई जानकारी गराउन र त्यस्तो कार्य गर्नेलाई कान्ूनअनुसार कारबाही गर्न निर्देशन दिनुभएको छ ।

मापदण्ड बनाएर गर्ने सरुवाले कर्मचारीलाई पनि थप उत्प्रेरित गर्ने र सबै कर्मचारीको क्षमताको वृद्धि विकासमा समेत सहयोग पुग्ने मन्त्री पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

न्यायपूर्ण फैसला, हारजितको विषय होइन–महामन्त्रीद्वय

सम्बन्धित

आज आंशिक बदली, मौसम मुख्यतया सफा

प्रधानमन्त्रीको ‘गोप्य फोन लाइन’ : मन्त्रीका लागि छुट्टै सेट र सिम, बढ्यो चासो र शंका

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

एनआरएनए लगानी सकारात्मक: एनआरएनए उपाध्यक्ष , प्रधान भिडियो

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com