ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा सचिवालयको बैठक सकियो, निष्कर्षमा नपुगेपछि साँझपनि बोलाइयो बैठक


एबीसी न्यूज
असार २६, २०७५ मंगलबार  १२ : ५६ बजे

काठमाडौँ, २६ असार ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएको छ। विधान अन्तर्गतको नियमावलीका सम्बन्धमा कार्यदलले प्रतिवेदनका सम्बन्धमा छलफल गर्न आजको बैठक बसेको थियो।

यसअघि २३ असारमा बसेको केन्द्रीय सचिवालयको बैठकले नियमावली टुङ्ग्याउन सचिवालयका बरिष्ठ सदस्य बामदेब गौतमको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो, जसमा रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य थिए।

त्यसअघि नै महासचिव बिष्णु पौडेलको नेतृत्वमा बनेको समितिले नियमावलीको मस्यौदा तयार गरेपनि त्यसलाई थप परिमार्जन गर्नुपर्ने आवस्यकता स्थायी समिति र सचिवालयले देखेपछि गौतम नेतृत्वमा शक्तिशाली कार्यदल निर्माण गरिएको थियो।

पार्टी विधानको अभिन्न अंगको रुपमा लिइएको नियमावली समयमै बन्न नसक्दा नेकपाको एकता विस्तार हुन सकेको छैन। एमाले र माओवादी केन्द्रबीच केन्द्रमा पार्टी एकता भएपनि प्रदेश भन्दा तल र जनवर्गीय संगठनहरुबीचको एकता प्रक्रिया अन्योलमा छ।

नेकपा केन्द्रीय सचिवालयको बैठक आज साँझ पुन बस्ने भएको छ।
विहानदेखि बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि साँझका लागि फेरि बैठक डाकिएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रबक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक संरचनाका बारेमा छलफल भएको बताए।
श्रेष्ठले भने, ‘छलफल जारी छ, बेलुका ५ बजे बैठक पुनः बस्नेछ।’ भोलिसम्म सम्ममा संगठनात्मक बिषय लगायतका बिषयमा टुंगो लगाइने दावीपनि गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com