
काठमाडौँ, २६ असार । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएको छ। विधान अन्तर्गतको नियमावलीका सम्बन्धमा कार्यदलले प्रतिवेदनका सम्बन्धमा छलफल गर्न आजको बैठक बसेको थियो।
यसअघि २३ असारमा बसेको केन्द्रीय सचिवालयको बैठकले नियमावली टुङ्ग्याउन सचिवालयका बरिष्ठ सदस्य बामदेब गौतमको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो, जसमा रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य थिए।
त्यसअघि नै महासचिव बिष्णु पौडेलको नेतृत्वमा बनेको समितिले नियमावलीको मस्यौदा तयार गरेपनि त्यसलाई थप परिमार्जन गर्नुपर्ने आवस्यकता स्थायी समिति र सचिवालयले देखेपछि गौतम नेतृत्वमा शक्तिशाली कार्यदल निर्माण गरिएको थियो।
पार्टी विधानको अभिन्न अंगको रुपमा लिइएको नियमावली समयमै बन्न नसक्दा नेकपाको एकता विस्तार हुन सकेको छैन। एमाले र माओवादी केन्द्रबीच केन्द्रमा पार्टी एकता भएपनि प्रदेश भन्दा तल र जनवर्गीय संगठनहरुबीचको एकता प्रक्रिया अन्योलमा छ।
नेकपा केन्द्रीय सचिवालयको बैठक आज साँझ पुन बस्ने भएको छ।
विहानदेखि बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि साँझका लागि फेरि बैठक डाकिएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रबक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक संरचनाका बारेमा छलफल भएको बताए।
श्रेष्ठले भने, ‘छलफल जारी छ, बेलुका ५ बजे बैठक पुनः बस्नेछ।’ भोलिसम्म सम्ममा संगठनात्मक बिषय लगायतका बिषयमा टुंगो लगाइने दावीपनि गरे।







प्रतिक्रिया दिनुहोस्