
काठमाडौं, २५ असार । सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई रोजगारी दिने दाबी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिए । मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसरलाई आधारभुत तहसम्म पहुँच पुर्याइने बताए ।mआगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टले बताए ।
उनकाअनुसार स्थानीय तहमा खोलिदे रोजगार सुचना केन्द्रमा युवाहरुले आफू बेरोजगार भएको सूचित गर्नुपर्नेछ । त्यसको निश्चित समयमा सरकारले उनीहरुलाई रोजगारीको अवसरहरु दिनेछ ।
रोजगारी दिन नसके बेरोजगार भत्ता दिने संकेत गर्दै श्रममन्त्री विष्टले भने, ‘नभए सरकारले आफ्दो दायित्व पुरा गर्छ ।’
रेमिट्यान्सलाई बैकिङ प्रणालीबाट भित्र्याउने, बैदेशिक रोजगारीमा जानेलाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकार सचेत रहेको उनले बताए ।
रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउन साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको मन्त्री विष्टले बताए ।







प्रतिक्रिया दिनुहोस्