
काठमाडौं, २४ असार । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये ६ जनालाई सुरक्षित बाहिर निकालिएको छ । गुफामा बानी बढ्न सक्ने आशंकामा जोखिमयुक्त मेसिनको सहयोग लिएर उद्दार थाल्ने निर्णय भएको थियो ।
गुफामा फसेकामध्ये कम्तीमा ६ जना बालकहरूलाई सफलतापूर्वक उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले उद्धारकर्ताहरूको टोली स्थानीय समय अनुसार बिहान १० बजे गुफाभित्र प्रवेश गरेको जनकारी दिएको हो ।

गुफाको प्रवेशद्वार खाली गराइएको छ र अहिले त्यहाँ गोताखोरहरूको टोली चिकित्सक तथा सुरक्षाकर्मी मात्रै रहेका छन् । अभियान प्रमुख ओसोथ्थानाकोले १८ जना गोताखोरहरू जोखिमपूर्ण ठानिएको उद्धार कार्यमा सहभागी भएका छन । मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने जनकारी दिएका छन ।
पानीको सहत घटेको आकलन गरेर उद्धार कार्य अहिले शुरू गर्ने निर्णयमा अधिकारीहरू पुगेका हुन् । उद्धार कार्यमा सघाउन पुगोस भनेर गुफाबाट लाखौ“ लिटर पानी तानिसकिएको छ । घुम्न गएका बालक तथा उनीहरूका फुटबल प्रशिक्षक २३ जुनमा पानीको भेल आएपछि भित्र थुनिएका थिए । सानो क्षेत्रमा रहेका त्यति धेरै जनाले फाल्ने कार्बनडाइअक्साइडको मात्रालाई मध्यनजर गर्दै त्यहा“सम्म अक्सिजन पु¥याइएको छ ।








प्रतिक्रिया दिनुहोस्