ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा विहे गर्न कुमारित्व सर्टिफिकेट चाहिने


एबीसी न्यूज


इरान । इरान एक इस्लामिक कट्टरपंथी देशको रुपमा चिनिन्छ । तर यहाँका युवा युवती भने स्वतन्त्रता रुचाउने गर्छन् । तर पनि समाजको एक हिस्सामा भने रुढीवादी सोँच हाबी छ । यसको सबैभन्दा ठूलो उदाहरण हो ‘कुमारित्व परिक्षण’ । पुरानो समयको इरानमा दुलहीको कुमारित्व परिक्षण गर्नको लागि सेतो कपडाको प्रयोग गर्ने गरिन्थ्यो । तर हाल समयको परिवर्तनसँगै यहाँ दुलाहा पक्षले विवाह अघि कुमारित्वको सर्टिफिकेट माग गर्छन् । यस्तोमा इरानमा कृतिम कुमारित्व प्राप्त गर्ने चलन तीब्र रुपमा बढ्दै गइरहेको छ ।

पछिल्लो समय इरानमा केही सामाजिक परिवर्तन ल्याउने कोशिस पनि नगरिएको होइन, तर पनि समाज केही व्यक्तिहरु भने पुरानो सोँच अनुसार नै चल्ने गरेका छन् । विवाहअघि युवतीको कुमारित्व सर्टिफिकेटको माग गरिने केही समाजका युवतीले आफ्नो गोग्य अंगको सर्जरी गर्ने गरेका छन् । यो सर्जरीलाई ‘हाइम्नोप्लाष्टी’ भन्ने गरिन्छ । यसमा युवतीको कुमारित्व पुनः बनाउने गरिन्छ । तर यो कार्यलाई इरानमा गैरकानुनी भनिएको छ ।

इरानमा पुरुषले महिला कुमारी नभएको शंका गरेर श्रीमतीलाई छोडेको कयौँ घटना पनि भएका छन् । इरानको कानुनले पुरुषलाई असिमित अधिकार दिएकाले यसको गलत प्रयोग पनि भइरहेको छ । यहि कारणले नै युवती कुमारी नै भएपनि डरले सर्जरी गराउन बाध्य छन् ।

इरानमा आज पनि विवाह नगर्ने पुरुषलाई ‘नामर्द’ भन्ने गरिन्छ । त्यतिमात्रै नभई त्यस्ता पुरुषहरुलाई परिवारको साथमा बसोबास गर्ने अधिकार पनि हुँदैन । सार्वजनिक स्थलमा यदि महिलाले पुरुषसँग हात मिलाएको पाइएमा महिला पक्राउ पनि पर्न सक्छिन् । त्यस्तै जनावरसँग यौन सम्पर्क गर्नु, महिलाहरुले कसिलो कपडा लगाउनु, पतिलाई यौन सम्पर्कको लागि इन्कार गर्नु तथा पतिको अनुमति विना काममा जानु पनि इरानमा अपराध नै मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com