ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियन सरकार आक्रामक, १ सय २५ जना नेपालीलाई स्वदेश पठाउदै


एबीसी न्यूज
असार २१, २०७५ बिहीबार  ७ : ५८ बजे

काठमाडौं, २१ असार । रोजगारीकालागि मलेसिया पुगेका नेपालीहरुको भिषा म्याद सकिएपछि गैरकानुनी रुपमा बसिरहेका मध्ये १ सय २५ जनालाई नेपाल फर्काइने भएको छ।

मलेसियन सरकारले गैरकानुनी रुपमा लुकेर काम गरिरहेका आप्रवासी कामदारमाथि आइतबारदेखि पक्राउ गर्ने थालेको थियो । सो क्रममा पक्राउ परेका नेपालीलाई त्यहाँस्थति नेपाली दूतावासले फर्काउने तयारी गरेको हो। अन्य नेपालीहरु सम्पर्कमा आइरहेको र अवैध रुपमा बसेकाहरुलाई नेपाल फर्काइने दूतावास कार्यालयले जनाएको छ।

आइतबार र सोमबार मलेसियन सरकारले ३ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ गरेको थियो ।
मलेसियाको गृह मन्त्रालय र अध्यागमन विभागले आइतबारदेखि राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनि, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट र जलान सिलाङमा धरपकड गरेको मलेसियन सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। नेपाली तथा बंगलादेशका नागरिकले सञ्चालन गरेका होटल र रेस्टुरेन्टहरुमा पनि धरपकड गरिएको थियो।
तर त्यस क्रममा कति नेपाली पक्राउ परे भन्ने खुल्न नसकेको दुतावसले जनाएको छ ।

मलेसिया सरकारले गैरकानुनी कामदारहरुलाई स्वदेश फर्कन आगामी अगस्टसम्मको समय दिएको छ। यसका लागि आममाफी प्रक्रियामा सहभागी हुनका लागि निवेदन दिन गत अप्रिल ५ देखि जून ३० सम्मको समयावधि दिइएको थियो। उक्त प्रक्रियामा सहभागी नभएर लुकिरहेका कामदार पक्राउ गर्न सरकारले विशेष अभियान चलाएको हो।
मलेसियामा करिब १ लाख नेपालीले गैरकानुनी रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com