ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली, बबई, पश्चिम राप्ती र नारायणी नदीका बिभिन्न ठाउँमा ठूलो बाढी : तटिय क्षेत्रका बासिन्दालाई मध्यरात सम्म सतर्क रहन अुनरोध


एबीसी न्यूज
असार १८, २०७५ सोमबार  १२ : १५ बजे

काठमाडौं, १८ असार । देशका धेरै ठाउँमा रातीदेखि लगातार पानी परेपछि खोला नदीमा बाढी आएको छ । कर्णाली, बबई, पश्चिम राप्ती र नारायणी नदीका बिभिन्न ठाउँमा ठूलो बाढी आएको छ ।

अरु नदीमा पनि बाढी आउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । ११५५ नम्बरमा गरेर बाढी तथा पहिरोको जोखिमबारे थाहा पाउन सकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका महानिर्देशक डाक्टर ऋषिराम शर्माका अनुसार ११५५ मा फोन गरेर बाढी पहिरोको सूचना थाहा पाउन सकिन्छ । तर यो नम्बरमा फोन नलाग्ने र व्यस्त हुने समस्या छ ।

विभागले बाढी सम्भावित क्षेत्रका बासिन्दालाई एसएमएस गरेर पनि सतर्क रहन अनुरोध गर्ने गरेको छ । बिहान बबई, कर्णाली र पश्चिम राप्तीका बाढी सम्भावित क्षेत्रमा एसएमएसबाट सूचना पठाइएको र अरु ठाउँमा पनि यसैगरी पठाइने शर्माले जानकारी दिनुभयो ।

मनसुन देशभरी नै सक्रिय भएकाले दुई तीन दिन यसैगरी पानी पर्न सक्ने मौसमविदको भनाई छ । अहिले मध्य र पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ । दिउँसो सुदूरपश्चिमका धेरै ठाउँमा पनि पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

मौसम विभागले निरन्तर वर्षाको सम्भावना रहेका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरेको छ । आइतबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्दो क्रममा रहेको छ । कमला नदी जलाधारको केही स्थानमा भारी वर्षा भइसकेकाले बहाव एक्कासि बढ्ने र घट्ने अनुमान गरिए पनि सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।

यस्तै सोमबार कोसी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । नारायणी र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । महाभारत र चुरेबाट बहने विरिङ, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ ।

मंगलबार कोसी, नारायणी, कर्णाली र महाकालीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना नदेखिएको प्रायः सबै मुख्य नदीमा बहाव विस्तारै घट्दै जाने अनुमान महाशाखाको छ ।  त्यसैगरी चुरे र महाभारतबाट बग्ने प्रायः नदीमा बहाव बढ्ने क्रममा हुने अनुमान गरिएकाले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बसोवास गर्ने नागरिकलाई आइतबार र सोमबार सजकता अपनाउन भनिएको छ । आइतबार र सोमबार बागमती र नारायणी आसपासमा पनि सतर्क रहन आग्रह गरिएको महाशाखाको विज्ञप्तिमा भनिएको छ ।

खजुरा, बाँके, १८ असार ।  अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् ।

नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो ।

बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com