ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिर्तामोडमा दुई दिनदेखि बाह्र सय टेलिफोन अवरुद्ध


bhawani desk
असार १६, २०७५ शनिबार  १ : ०१ बजे

झापा, १६ असार । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इञ्जिनियर सुधिरकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँ अनुसार तीन ठाउँमा प्राइमरी केवल चुँडिदा एक हजार २०० सय लाण्डलाइन टेलिफोन लाइन अवरुद्ध भएको हो । ‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ, उहाँले भन्नुभयो, मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयास गरिरहेका छौँ ।

टेलिफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुँडिएको टेलिकम बिर्तामोडका कार्यालय प्रमुख निरन जोशीले बताउनुभयो ।

यता, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले नालामुनी टेलिफोनको तार रहेको कुरा जानकारी नभएकाले तार चुँडिएको बताउनुभयो । ‘तार छ भन्ने थाहा भएन, नगरपालिकामा जानकारी गराएका छौँ’, उहाँले भन्नुभयो, टेलिकमसँग सहकार्य गरेर चुँडिएको तार मर्मत गरिनेछ ।

यसअघि पनि बिर्तामोड, ५ को बजार क्षेत्रको फुटपाथ खाली गर्ने क्रममा नगरपालिकाले सरोकारावाला कसैलाई खबर गरेको थिएन । जसका कारण खानेपानीको पाइपलाइन ठाउँ–ठाउँमा फुटे पनि लामो समयसम्म मर्मत भएन ।

हाल यहाँको सडकको दुबै किनारबाटै ढल बगिरहेको छ, भने फुटपाथ हिलाम्मे भएको छ । भत्काइएको फुटपाथ र ढल  निर्माण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com