ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रोटोकलका कागजपत्र कसले लुकाए प्रधानमन्त्रीज्यू ?


admin

काठमाडौं, १४ असार । नेपालले छिमेकी मुलुकसँग विभिन्न किसिमका सन्धि सम्झौता गर्ने गर्र्दछ तर कार्यान्वयनमा भने शुन्यजस्तै छ । सम्झौता गरे पनि त्यसको कार्यविधि र प्रक्रियामा सधै चुकेका कारण विभिन्न योजनाहरु विफल भएका छन् । विशेषगरी छिमेकी मुलुक भारत र चीनसंग भएका ठूला परियोजनामा सम्झौता भए पनि कार्यान्वयनको आधार प्रोटोकलको पाटोमा नै पुग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षी मानिएको भर्खरै सम्पन्न चीन भ्रमणमा पुरानै सम्झौतामा हस्ताक्षर भए पनि यसको आधार प्रोटोकलले भने स्थान पाउन सकेन । यसले पछिल्लो समय भएका सम्झौताहरुमा प्रश्न चिह्न खडा भएको छ । यद्यपि आगामी जुलाईमा उत्तर पाउने विश्वास लिइएको छ ।

साताव्यापी चीन भ्रमणका क्रममा प्रधानमन्त्री के.पि शर्मा ओलीले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा यौटा गम्भीर प्रश्न उठाएका थिए । दुई वर्ष अघि आफु चीन गएका बेलामा भएका सहमति सम्झौताहरुलाई कार्यान्वयन गर्न आवश्यक प्रोटोकलका कागजपत्र यो बीचमा लुकाइएको र कतिपय बङगाइएका कारण समयमा हस्ताक्षर हुन नसकेको बताएका थिए प्रधानमन्त्रीले । प्रधानमन्त्रीले भनेजस्तै अनेकौं कारणले प्रोटोकलमा हस्ताक्षरमा ढिलाई हुंदा चीनसंग भएका सहमति कार्यान्वयनमा आउने होइनन कि भन्ने आशंकालाई बल पुर्याएको थियो ।

अहिलेसम्मको इतिहास हेर्ने हो भने चीन र भारत दुवै मुलुकबीच भएका सम्झौता तथा योजनाहरु न्युन रुपमा मात्र कार्यन्वयनमा आएका छन । त्यसको एउटै कारण हो सम्झौतामा हस्तक्षर भएपछि त्यपछिको प्रक्रिया अगाडि नै बढ्दैन । यसको कारण योजना कार्यन्वयनका कुनै विधि र प्रक्रियाहरु लिखितम् नहुनु नै हो । प्रोटोकल भनेको दुइपक्षिय सम्झौता कार्यन्वयनको महत्वपूर्ण आधारपत्र हो । यसलाई सहमति सम्झौता र सन्धिको पुरक भाग पनि मानिन्छ । जुन एक पक्षीय रुपमा मात्र नभइ बहुपक्ष्ँिय रुपमा अध्ययन अनुसन्धान र भविष्यलाई हेरेर गरिने सम्झौता हो ।

देशका उच्च पदस्थ व्यतिmको भ्रमण मुलत राष्ट्रहितका लागि सन्धि सम्झौता तथा यसको कार्यन्वयनमा केन्द्रित हुने गर्छ । प्रधानमन्त्री के पी शर्मा ओलीको चीन भ्रमणबाट नेपाल र चीनबीच विभिन्न १४ बुँदे सहमति भएको छ । यी सम्झौताहरु कसरी अघि बढ्छन त्यो भोलिको दिने तय गर्नेछ । सन् २०१६ मार्चमा पहिलोपटक प्रधानमन्त्रीका रूपमा चीन भ्रमण गरेका केपी ओलीले गरेका दसबु“दे सम्झौताबाट सिंगो नेपाल उत्साहित थियो । तर ती सम्झौताहरु कार्यन्वयन शुन्य जस्तै भए प्रोटोकलमा हस्ताक्षरकै अभावमा । तर, तर, आगामी जुलाई सम्म प्रोटोकलमा हस्ताक्षर हुने प्रधानमन्त्रीले विश्वास ब्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो । तर कति सफल भयो भन्ने विषय महत्वपूर्ण हो । भ्रमणका क्रममा भएका सन्धि तथा सम्झौताहरु कसरी अगाडि बढ्छन् भन्ने विषयमा पनि केहि कार्य योजनाहरु सार्वजनिक भैसकेका छैनन । यस्ता विषयमा प्रधानमन्त्रीको ध्यान जान आवश्यक रहेको पुर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतको भनाइ छ ।

सन् २०१६ मार्च २३ का सहमतिहरू अपेक्षाकृत कार्यान्वयन हुन नसक्दा नेपालप्रति उत्सुक नबनेको चीन यसपटकको भ्रमणबाट सकारात्मक बनेको छ । अन्तराष्ट्रिय पारवहन, व्यापार र इन्धनमा भारतमाथि रहेको नेपालको निर्भरता उक्त समझदारीको कार्यान्वयनसंगै अन्त्य हुने आम नेपालीको अपेक्षा छ ।

बढ्दो चिनिया लगानीले राष्ट्रिय उत्पादन क्षमता बढ्छ र मुलुक समृद्धि र विकासको बाटोमा बढ्छ, भन्ने आशा धेरैको छ, यो स्वाभाविक पनि हो । तर यी सबै विषय आगामी जुलाईमा प्रोटोकल हस्तक्ष्ँर भए मात्र सम्भव हुने देखिन्छ । हरेक सम्झौता द्विपक्षीय स्वार्थ र चासोबाटै निर्देशित हुन्छन् । त्यसको लाभ के कसरी लिने भन्ने कुरा भने सम्बन्धित देशको कूटनीतिक र रणनीतिक क्षमतामा भर पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com