काठमाडौं, १४ असार । आर्थिक वर्षको अन्तिम महिना असार सकिनै लाग्दा गाउ“देखि सहरसम्म बिकास निर्माणको कामले गति लिएको छ । देश बनाउनका लागि बिकास निर्माणले गति लिएको हौइन फ्रिज हुन लागेको बजेट सकाउनका लागि बिकासले गति लिएको हो । अहिले बजेट सकाउनका लागि दैनिक अर्बको पुजीगत खर्च हुने गरेको छ ।

आर्थिक वर्षको सुरुवाती दिनमा काम नगर्ने र समय सकिन लागेपछि बजेट खर्च गर्ने सरकारी प्रवृत्ति जारी छ । अहिले बिकास निर्माणको बाहनामा बजेट सकाउने काम जताततै देख्न सकिन्छ । आर्थिक वर्षको सुरुवाती समयमा कामै नहुने तर, क्लोजिङको अन्तिम मितिमा दैनिक अर्बकौ पुजीगत खर्च हुने गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको असारको सुरुमा ५० प्रतिशत पुंजीगत खर्चभए पनि मसान्तसम्म ६५–७० प्रतिशतसम्म पु“जिगत खर्च पुग्ने अनुमान छ ।
पुजिगत खर्च ११ महिनामा मात्र ५० प्रतिशत खर्च हुने, तर १ महिनामै १५ देखि २० प्रतिशत बढ्नुले असारमा हुने खर्चले रकमको दुरुपयोग हुने स्पष्ट देखिन्छ । एकै महिनामा २० प्रतिशत प“ुजिगत खर्च हुनु कानुनसम्मत समेत छैन । बिगतका वर्षमा झै अहिले पनि असारे बजेट बजेट सक्नुले एकातिर अनियमितता जन्माउंछ भने अर्कोतिर गुणस्तरिय काम नहुने निश्चित छ । पु“जीगत खर्चको अरु बेला नहुने तर जेठ, असारमै अचाक्ली बृद्धि हुनुले सरकार समेत झारा टार्ने काममा सहयोग गरेको जस्तो देखिन्छ ।
बिगतका वर्षमा झैं बजेट सक्ने र राज्यको ढुकुटी सकाउनका लागि उत्तम सयम असार महिनालाई नै पर्खनुले राज्यकोषको दोहन भइरहको छ । अहिलेमात्र होइन यसभन्दा अघिका वर्षमा समेत यसैगरी आर्थिक वर्षको अन्तिम बजेट सकाउने ट्रेन्ड जस्तो भएकोले सुधारको आवश्यकता देख्छन् अर्थमन्त्रालयका अधिकारीहरु नै ।
हरेक वर्ष सुरुवाती महिनामा जानाजान ढिलाइ गरी विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने राजनीतिक दल तथा राज्य सञ्चालनमा पुगेका नेता, कर्मचारी र ठेकेदारबीचको मिलेमतोमा असारमा बजेट सक्ने प्रवृत्ति छ । बिगतमा समयमै खर्च नहुनुलाई बजेट पास हुनमा ढिलाइ र स्थानीय जनप्रतिनिधि नहुने भन्ने गरेपनि अहिलेको स्थिर सरकारले यस्ता प्रबृतिलाई रोक्न नसक्दा गलत प्रवृतिले निरन्तरता पाएको छ ।
कागजी प्रगति देखिउने तर खर्च गरेअनुसार विकासका काम नबन्नु दुःखद हो । जेठ असारमा गा“उ सहरमा बिकास हुनुले खुसी भन्दा दुःखी हुनुपर्ने अवस्था आएको छ । किनभने जनताले तिरको करको एक महिनामा सदुपयोग हैन, दुरुपयोग हुने गरेको छ । असारमा मात्र हुने बजेट खर्चलाई १२ महिना काम हुनेगरी बजेट बिनियोजनको लागि तत्काल काम थाल्न जरुरी छ ।







प्रतिक्रिया दिनुहोस्