ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्झौता भएको छ महिना बित्दा पनि पीडित नर्सले क्षतिपूर्ति पाएनन्


bhawani desk

काठमाडौंं, १३ असार । स्वास्थ्य मन्त्रालयले धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रलाई सम्झौताबमोजिम पीडित नर्सलाई एक साताभित्र क्षतिपूर्ति दिन निर्देशन दिएको छ ।

छ महिनाअघि मानवअंगमा कार्यरत नर्सद्वय त्रजिता जती र सजिना धौलालाई अन्याय भएको विषय बाहिर आएपछि देशव्यापी नर्स आन्दोलन भएको थियो । न्याय पाउनुपर्ने विषयसहित नर्सका अन्य विषयलाई लिएर नेपाल नर्सिङ संघको नेतृत्वमा आन्दोलन देशव्यापी बनेपछि गत माघमा स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघबीच एघार बुँदे सम्झौता भएको थियो ।

सम्झौताको बुँदा नं १ मा नै मानवअंगले एक महिनाभित्र पीडितद्वय त्रजिता र सजिनालाई ७५ प्रतिशत क्षतिपूर्ति दिनुपर्ने र पुनर्वहाली गर्ने कुरा उल्लेख थियो । जागिरमा पुनस्र्थापन भए पनि अहिलेसम्म क्षतिपूर्ति नपाएको भन्दै पीडितद्वयले आन्दोलन शुरु गरी भोकहडताल गर्ने चेतावनी दिएपछि मन्त्रालयले नेपाल नर्सिङ संघ, मानवअंगका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र पीडितलाई बोलाएर छलफल गरेको थियो ।

मन्त्रालयका सचिव डा पुष्पा चौधरीले कार्यकारी निर्देशक श्रेष्ठलाई एक हप्ताभित्र सम्झौताबमोजिम क्षतिपूर्ति दिन निर्देशन दिनुभएको छ । तर कार्यकारी निर्देशक श्रेष्ठले भने मन्त्रालयले आधिकारिक रुपमा पत्र नआएसम्म रकम नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “मौखिक रुपमा भनेर कसरी दिनु मन्त्रालयले कुन शीर्षकबाट रकम दिने भन्ने खुलाएर पत्र दियो भने म एक मिनेट ढिलो नगरी पैसा दिन्छु, अन्यथा सकिँदैन, व्यक्तिगत रुपमा मैले दिने कुरा भएन ।”

पीडित नर्स सजिना धौद्याले अब क्षतिपूर्ति नपाए भोकहडताल गर्ने त्यसको जिम्मेबार मन्त्रालय, मानवअंग र नर्सिङ संघ हुने चेतावनी दिनुभएको छ । मन्त्रालयले नै नेतृत्व गरी गरेको सम्झौतामा मानवअंगलाई लिखित पत्र नदिइनु विषयप्रति गम्भीर नभएको पीडितको भनाइ छ । मन्त्रालयले आइतबार अस्पतालका नाममा पत्र पठाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com