ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल दुरुपयोग गर्नेमाथि प्रहरीको कडाई, पाँच वर्षसम्म जेलको सजाय


admin
असार १३, २०७५ बुधबार  ३ : ०३ बजे

काठमाडौं, १३ असार । सामाजिक सञ्जालको दुरुपयोग गर्नेमाथि प्रहरी आक्रामक बन्ने देखिएको छ । सामाजिक सञ्जाल दुरुपयोग गर्दै विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, संघसंस्थाहरुको प्रतिष्ठामा आँच आउनेहरुमाथि कडा कारवाही गर्ने तयारी प्रहरीको छ ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग नगर्न अनुरोध गर्दै दुरुपयोग गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

महागनरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक महत्वको सूचना जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग व्यापक बनेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अपराध महाशाखाले सूचनामा भनेको छ– ‘संजालको दुरुपयोग गरी अर्काको नामको फेक आइडी बनाईँ फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्ष्ट्राग्राम लगायतका सामाजिक संजालमा रहेका फोटोहरु तानी त्यस्ता फोटोहरु अनधिकृत रुपमा बिगारी, अश्लिल बनाई पोष्ट गरी ईज्जत प्रतिष्ठामा आँच पुर्याकउने, अश्लिल फोटो तथा भिडियोहरु बनाई पठाउने, शेयर गर्ने, धाक धम्की दिने, दवाव दिने, रकम ठगी गर्ने, रिचार्ज कार्ड माग गर्ने तथा कुनै व्यक्ति एंव संघ संस्था उपर जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेण्ट गर्ने जस्ता गतिविधि बढ्दै गएको प्रति यस महाशाखाको ध्यान आकर्षण भएको छ ।’

सामाजिक संजालको दुरुपयोग गरी विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई बिद्युतिय कारोवार (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच बर्ष कैद वा दुवै सजाँय हुने व्यबस्था भएकोले त्यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणमा प्रहरीले अपिल गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै उजुरी बढेपछि यस्तो अपिल गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com