ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवारी संस्कृति तथा कला झल्किने मूर्तिकला प्रदर्शनी


bhawani desk

काठमाडौं, १३ असार ।  नेपाल कला परिषद्मा वरिष्ठ मूर्तिकार चन्द्रश्याम डंगोलको नेवारी संस्कृति तथा कला झल्किने एकल मूर्तिकला प्रदर्शनी भइरहेको छ ।

दसदिने सो प्रदर्शनीमा बज्रयान बौद्धधर्मसँग सम्बद्ध महामन्जुश्री, लक्ष्मी, बुद्ध चरित्र, लोकेश्वर, पानस, सुकुन्दा, शुभकार्यका प्रतीक गणेश तथा बौद्ध स्तुपा तथा चिभासहित १७ वटा आकर्षक मूर्ति राखिएको छ ।

इनहेरिटेन्स नाम दिइएको सो प्रदर्शनीमा लामा बौद्धधर्मसँग सम्बद्ध छोर्टेन पनि राखिएको छ । दर्शकको आकर्षण विशेष गरेर छोर्टेन, महामन्जुश्री तथा कुवेरको मूर्तिमा केन्द्रित रहेको र अधिकांशले आफ्नो मोबाइलमा तस्वीर कैद गरेको पाइयो ।

रासससँग कुरा गर्दै कलाकार डंगोलले आफू २५ वर्षदेखि ढुंगाबाट मूर्ति बनाउने काममा व्यस्त रहेको जानकारी दिँदै सुकुन्दा तथा पानसजस्ता कृतिले नेवारी कलालाई देशविदेशमा पहिचान गर्न मद्दत मिल्ने बताउनुभयो ।

६६ इन्च अग्लो छोर्टेनको प्रस्तर मूर्ति आकर्षक देखिएको छ भने कुवेरको मूर्ति १६ इन्च अग्लो रहेको छ । ललितपुरको खोकनामा जन्मनुभएका डंगोलले सन् २०१० मा चीनमा भएको विश्व संघाई एक्सपो–२०१० मा भाग लिनुभएको थियो । त्यो प्रदर्शनीमा उहाँले १२ फिट अग्लो उभिइरहेको बोधिसत्वको मूर्ति प्रदर्शन गर्नुभएको थियो ।

आफैँले निर्माण गरेको १८ फिट अग्लो मैत्रेय बुद्धको मूर्ति बारामा स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ३३ फिट अग्लो विश्वकै सबैभन्दा अग्लो महामन्जुश्रीको मूर्ति काठमाडौँको चोभारमा स्थापना गर्ने कार्य भइरहेको छ ।

गत असार ५ देखि शुरु भएको सो मूर्तिकला प्रदर्शनी असार १४ सम्म सञ्चालन हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com