ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरीको पाठेघरमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौँ लगियो


bhawani desk

तेह्रथुम,१२ असार । जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

म्याङ्लुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीय दिलु लिम्बूको शल्यक्रिया गरी प्रसूति गराइए पनि पाठेघरमा समस्या आएपछि मंगलबार मध्याह्न काठमाडौँ लगिएको हो । दिलुको जिल्ला अस्पतालको आकस्मिक प्रसूति कक्षमा आइतबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो ।

उहाँले दोस्रो सन्तानका रुपमा छोरी जन्माउनुभएको छ । तर प्रसूतिका क्रममा पाठेघरमा समस्या भएको र त्यसको शल्यक्रिया गर्दा बढी रक्तश्राव भएर ज्यान जोखिममा पर्ने भएपछि जिल्ला अस्पतालले आइतबारै धरान लैजान सिफारिस गरेको थियो । हिलाम्मे सडकबाट धरान उपचारका लागि लैजाँदा झन समस्या हुने भन्दै परिवारले हेलिकप्टर भाडामा लिएर काठमाडौँ लगेका छन् ।

रु तीन लाख ६० हजार भाडामा लिएर श्री एयरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको दिलुका श्रीमान् गणेश लिम्बूले बताउनुभयो । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले रकम जुटाउन ढिलाइ भएकाले बिरामी लैजान ढिला भएको परिवारले जनाएको छ ।

मौसम अनुकूल नभएकाले समेत सोमबार दिनभर पर्खिनुपरेको स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा जटिल प्रकृतिका प्रसूति गराउन आकस्मिक शल्यक्रिया कक्ष स्थापना गरिए पनि ब्लड बैंक नहुँदा बिरामी सास्ती व्यहोर्न बाध्य रहेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com