काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको मेलम्चीको पानी दशै अघि नै आउने निश्चित भएको छ । निर्माण कम्पनीले समय थपको लागि दबाव दिएको भए पनि मन्त्रालयले दशै अघि पानी आउने दाबी गरेको छ ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको औपचारीक रुममा अन्तिम ‘ब्रेक थु्र’ भएपनि लामो समयसम्म मेलम्चीको पानी पिउने राजधानीबासीको सपना लम्बिएको थियो । सुरुङ निमार्ण कम्पनीले समय थपको माग गर्दै आएका कारण दशैंमा पानी काठमाडौं पुर्याउने खानेपाली मन्त्रीको योजना पनि रोकिने हो कि भन्ने आशंका व्याप्त थियो । तर, खानेपानी मन्त्रालयले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्धारित समयमै पानी आउने दाबी गरेको छ । निमार्णकम्पनी सीएमसी, मेलम्ची खाानेपानी आयोजना, एसियाली विकास बैंक लगायत सम्बन्धित निकायको छलफल र सहमतिपछि दशै अघि नै निमार्ण कम्पनीले मेलम्चीको पानी राजधानी ल्याउनेभएको छ ।
मन्त्रीको यो दाबीपछि लामो समयको प्रतिक्षामा रहेको मेलम्ची पानी काठमाडौबासीले पाउने सुनिश्चितता बढेको मान्न सकिन्छ । मेलम्ची खानेपानी आयोजनाको कुलको खर्चको २० प्रतिशत नेपाल सरकारले लगानी गरेको छ भने ८० प्रतिशत लगानी एसियाली विकास बैंक (एडिबी) को सहयोग छ । सबै पक्षबीच सहमति भएपछि सुरङ भित्रको व्यवस्थापन, ड्याम निमार्ण, सुरक्षा लगायतको संरचनाको काम तिब्र गतिमा बढेको छ ।
गत चैतको अन्तिम साता मेलम्ची खानोपानी आयोजनाको २६ किलोमिटर लामो मुख्य सुरुङको ब्रेक थ्रु भएको थियो । तर, सुरुङ निमार्ण कम्पनीले विभिन्न नाममा भेरिएसन देखाई कबोल गरिए भन्दा थप रकमको माग गर्दै नपाए काम रोक्नेसम्मको बार्गेनिङ गरेको थियो । निर्धारित समय घर्काउने दिशामा नर्माण कम्पनी सीएमसी देखिएपछि मन्त्रालयले मन्त्रालयले समस्यालाई समाधानको पहल गरेको छ । अब भने कुनै पनि हालतमा दशै अघि पानी आउने दाबी छ मन्त्रालयको ।
मेलम्चीको पानी ल्याउने बिषय गरिएको पत्रकार सम्मेलनमा बाग्मतीको पानी समेत असार १५ पछि काठमाडौ आउने जानकारी दिइयो । तर, मन्त्री मगरका प्राविधिक सल्लाहकारहरुले बागमतीको ४ हजार करोड लिटर पानी असार १५ पछि काठमाडौं ल्याउने दाबी गरे ।
सल्लाहकारहरुले लेखेको लिखित रिपोर्टकै आधारमा मन्त्रीले समेत ४ हजार करोड लिटर नै ल्याउने बताइन । ३० वर्षसम्म १७ करोड लिटर पानी मेलम्चीबाट ल्याउन नसकेको सरकारले चार हजार करोड लिटर पानी कसरी ल्याउन सक्ला ? कसैको ध्यान पुगेको देखिएन ।
प्रतिक्रिया दिनुहोस्