ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेता सिंहले भने– पार्टी नेतृत्वको कार्यनीतिको आलोचना गर्न नपाइने ?


admin
असार ११, २०७५ सोमबार  ९ : १५ बजे

काठमाडौँ, ११ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसभित्र राजनीतिक शुद्धीकरणको खाँचो रहेको बताउनुभएको छ ।


नेपाल ट्रेड युनियन काँग्रेसमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्न गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले कसैको व्यक्तिगत आलोचना गरको होइन, पार्टी नेतृत्वको कार्यनीतिको आलोचना गरेको हो, आलोचना गर्न नपाउने भनेको होइन, त्यही आलोचनाले पार्टी नेतृत्वलाई सच्चिएर आगाडि बढ्न सहयोग मिल्छ ।”

नेता सिंहले काँग्रेस श्रमिकको पार्टी भएकाले श्रमिकलाई सम्मान गर्ने बताउँदै पार्टीले श्रमिकलाई उचित संरक्षण गर्न नसकेको गुणासो गर्नुभयो ।

गिरिजाबाबु छँदा स्थापना भएको प्रतिष्ठानलाई पार्टीले सहयोग गर्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका नवनिर्वाचित अध्यक्ष पुस्कर आचार्यले पार्टीले श्रमिकलाई उचित सम्मान दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै श्रमिक आयोग निर्माणका लागि पार्टीले सरकारलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

विसं २०६४ मा गिरिजाप्रसाद कोइराला हुँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले श्रमिकको हकअधिकारका लागि विभिन्न रचनात्मक कार्य गर्दै आएको प्रतिष्ठानका महासचिव सूर्य नेपालले जानकारी दिनुभयो ।

गत जेठ २८ देखि ३१ सम्म काठमाडौँमा सम्पन्न नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रतिष्ठानले आज सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com