काठमाडौं, १० असार । ६ दिने चीन भ्रमण सकेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण उपलब्धीमुलक भएको बताउनुभएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले चीनसँग गरिएका सहमति र समझदारीले नेपालको विकास र समृद्धिका लागि कोशेढुंगा हुने बताउनुभएको हो ।
उपयुक्त समयमा चिनिया राष्ट्रपतिले नेपाल भ्रमण गर्ने उहाँले जानकारी दिनुभयो । चीनसँग भएका व्यापार र पारवहनसम्बन्धी सम्झौताको प्रोटोकलमा आगामी जुलाईसम्ममा हस्ताक्षर हुने बताउँदै उहाँले त्यसपछि नेपालले चीनको बाटो भएर आयात निर्यात गर्न पाउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल छिमेकी मुलुकहरुसँग मित्रवत सम्बन्ध राख्न चाहेको बताउँदै उनीहरुका सम्वेदनशीलताबारे समेत सचेत भएको बताउनुभयो ।
त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग भएका सहमति र समझदारीबारे जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओली ६ दिने भ्रमण पुरा गरी स्वदेश फर्किनुभएको हो ।







प्रतिक्रिया दिनुहोस्