ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्न चीनको सदा साथ रहने


एबीसी न्यूज
असार ९, २०७५ शनिबार  ६ : ४९ बजे


बेइजिङ, चीन, ९ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताउनुभएको छ ।

भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध भएका पछिल्लो राजनीतिक परिवर्तनलाई चीनले खुलेर प्रशंसा गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्न चीनको सदा साथ रहने बलियो विश्वास चिनियाँ नेतृत्वले प्रकट गरेको भन्दै उहाँले पारस्परिक हितका सम्बन्धमा खुलेर छलफल भएको छ भन्नुभयो ।

सम्झौताभन्दा पनि मित्रता महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री ज्ञवालीले त्यस अर्थमा भ्रमण निकै महत्वपूर्ण रहेको निष्कर्ष निकाल्नुभयो । नेपालले प्राथमिकतामा राखेको योजनामा साथ र सहयोग दिने विश्वसनीय आधार दिएको बताउँदै उहाँले भन्नुभयो, “यस भ्रमणबाट हामी सन्तुष्ट छौँ, खुशी छौँ ।”

चीनसँग भएका सम्झौता र संयुक्त प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री ज्ञवालीले समझदारीपत्रमा भएका हस्ताक्षर निकै महत्वपूर्ण भएको चर्चा गर्नुभयो । यसपटक नेपाल सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेको विषय ट्रान्सहिमालयन बहुआयामिक यातायात सञ्चालनभित्र जोडिनुपर्छ र त्यसभित्र रेलमार्ग, सडक, हवाई क्षेत्र, अन्तरदेशीय प्रसारण उच्च प्राथमिकतामा हुन्छन् भनेर नेपालले पहिल्याएको र चीनले पनि सोहीरुपमा सहयोग गर्ने विश्वसनीय प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

चिनियाँ पक्षबाट आफूले पाएको जानकारीअनुसार आउने अगष्टसम्म रेलको सम्भाव्यता अध्ययन सकिने बताउँदै मन्त्री ज्ञवालीले भौगर्भिक अवस्थाका कारण थप अध्ययन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले नेपाल रेलमार्गसँग जोडिने विषयमा कुनै शंका नगर्न आग्रहसमेत गर्नुभयो ।

नेपाल र चीनबीचमा विभिन्न तहको स्थायी संयन्त्र बन्ने र त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई नियमितरुपमा समीक्षा गर्ने बताउँदै मन्त्री ज्ञवालीले यस संयन्त्रले सहयोगका नयाँ क्षेत्रको अन्वेषणसमेत गर्ने बताउनुभयो । उहाँले दुई देशबीचमा भएका सम्झौता र कार्यान्वयनका लागि आवश्यक वातावरण मिलाउने र समस्या आए सुल्झाउने उल्लेख गर्नुभयो ।

त्यसैगरी परराष्ट्र मन्त्रालयस्तरको तीन तहको नियमित संवादको समेत अर्को समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिँदै उहाँले अबका दिनमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र सहसचिव तथा महानिर्देशक तहमा नियमित संवाद हुने बताउनुभयो ।

यस्ता संयन्त्रले नेपाल–चीनका समग्र पक्षआई आवधिकरुपमा छलफल गरेर अगाडि बढाएर लैजाने बताउँदै उहाँले विकास निर्माणका तहमा परराष्ट्र सचिव र चिनियाँ राजदूतबीचको संयन्त्रले स्थायीरुपमा नै काम गर्ने बताउनुभयो । मन्त्री ज्ञवालीले दुई देशबीचको संयन्त्र निकै प्रभावकारी रहेको दाबीसमेत गर्नुभयो ।

जलस्रोतको क्षेत्रमा नेपालले चार तवरले सहयोगलाई अगाडि सारेको भन्दै उहाँले अन्तरदेशीय विद्युत् प्रसारण लाइन, साझा लगानी, आवश्यकताअनुसार दुई देशबीच विद्युत्को व्यापार र नेपालको ऊर्जा क्षेत्रको अध्ययन तथा विकासका निम्ति अध्ययन गर्ने विषयमा सम्झौता भएको बताउनुभयो ।

प्रसारण लाइन निर्माणमा हासिल गरेको दक्षता र साधन तथा स्रोतबाट नेपाल लाभान्वित हुन खोजेको भन्दै त्यसले ऊर्जाको क्षेत्रमा पारस्परिक सहयोग गर्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले सिचुवान प्रान्तमा महावाणिज्य दूतावास खोल्ने सम्झौता भइसकेको उल्लेख गर्दै पारस्परिक सहयोगको हिसाबले त्यो निकै महत्वपूर्ण हुने बताउनुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई दुवै छिमेकीले स्वीकार गरेको बताउँदै उहाँले समृद्धिको लक्ष्य प्राप्तिका लागि व्यापक सहयोग र समर्थन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com