काठमाडौं, ८ असार । ६ दिने चीन भ्रमणको चौथो दिन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पनि बिहानैदेखि व्यस्त हुनुहुन्छ। प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्वतको ल्हासा पुग्नुभएको छ ।ल्हासा पुग्दा प्रधामन्त्रीलाई ओलीलाई तिब्वत सरकारका उच्च अधिकारी र ल्हासा स्थित नेपाली महाबाणिज्य दुत गोविन्द कार्कीले स्वागत गर्नु भएको छ ।
ल्हासा बाट प्रधानमन्त्री ओली तिब्बत जाँदै हुनुहुन्छ । केहीवेरमा ल्हासामा उहाँले नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्