ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र चीनबीच आज विहीबार महत्वपूर्ण सम्झौता हुँदै


एबीसी न्यूज

काठमाडौं, ७ असार । चीनबाट काठमाडौंसम्म रेल ल्याउने विषयमा नेपाल र चीनबीच आज विहीबार महत्वपूर्ण सम्झौता हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनिया पक्षबीच आज रेलसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ भूमि सिगात्सेसम्म आइपुगेको रेल काठमाडौंसम्म जोड्न चीन सहमत भएपनि लगानी लगायतका विषयमा भने टुंगो लागिसकेको छैन ।
सम्झौतामा लगानीको विषय पनि समेटिने समाचार श्रोतहरुले दावी गरेका छन् ।

नेपाल र चीनबीच यसबारेमा छलफल भइरहेपनि टुंगो भने अझै लागिसकेको छैन ।

नेपालले चीनलाई सवै अनुदानमा रेलमार्ग बनाइदिन आग्रह गरेपनि चिनियाँ पक्षले शतप्रतिशत अनुदान दिन नसक्ने कुरा घुमाउरो तरिकाले जानकारी गराएको छलफलमा सहभागी नेपालका सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपालले ऋण लिएरै भएपनि चिनियाँ रेलको परियोजना अघि बढाउने तयारी गरेको छ । तर ऋण चीन सरकारले नै दिने वा नेपालले अरु दातृ निकायँंग खोज्नुपर्ने तथा चीनले नै दिने भए ब्याजदर कति हुने लगायत कुरामा सहमति हुन बाँकी छ ।

भनेजस्तो भएमा अबको ७–८ वर्षमा काठमाडौंसम्म चिनियाँ रेल आइपुग्ने नेपाली पक्षको दावी छ ।

अबको बढीमा २ वर्षभित्रमा रेलको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, त्यसपछि काम थाल्ने र ५ वर्षसम्ममा सिगात्सेबाट काठमाडौंसम्म रेल ल्याइपुर्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज सहमति भए र त्यसअनुसार काम अघि बढे नेपाल र चीन रेलमार्गमा जोडिने कुरा सपना मात्र नहुने दुवै देशका सरकारी अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com