ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कला–कविता कार्यशाला सम्पन्न


bhawani desk

काठमाडौँ, ६ असार ।  विभिन्न जाति र समुदायको कला र साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आज कलाकार र साहित्यकारले एकै स्थानमा भेला भएर कला–कविता सिर्जना गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ स्थापना दिवसका सन्दर्भमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले आयोजना गरेको उक्त कार्यक्रममा सांगीतिक प्रस्तुतिसहित कमलादीमा विशेष कला–कविता कार्यशाला एवं कला प्रदर्शनी गरिएको हो ।

केके कर्माचार्य, नरेशसुन्दर सैँजु, जीवनराज राजोपाध्याय, हरि खड्का, सुमन श्रेष्ठ, महेश आचार्य, सागर श्रेष्ठलगायतका वरिष्ठ कलाकारले प्रकृति, सौन्दर्य, शान्ति, प्रेम भावमा सिर्जना गर्नुभएका चित्रमा आधारित रही कवि तुलसी दिवस, बाबा बस्नेत, सन्ध्या पहाडी, पुष्कर लोहनी, रोशन थापा, वियोगी बुढाथोकीलगायत साहित्यकारले कविता सिर्जना गर्नुभएको हो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कला र साहित्यले मानव सभ्यताको विकास क्रमलाई गहिरो खोज अनुसन्धानका लागि सहयोग पु¥याउने हुँदा पुराना मौलिकताको संरक्षण गर्दै विविधताले भरिएका हाम्रा साहित्य, भाषा, परम्पराका साथै कलाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उपकुलपति विष्णुविभू घिमिरेले नेपाली भाषा, साहित्य र ललितकलाको सूक्ष्मरुपमा विकास गर्न अलग अलग स्वायत्त संस्थाको अवधारणा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानले उक्त कार्यक्रममा सहभागी कलाकार तथा साहित्यकारलाई सम्मानसमेत गरेको थियो । यही असार ९ गते प्रतिष्ठानले स्थापना दिवस मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com