
बेइजिङ ६ असार । छ दिने चीन भ्रमणको क्रममा बेइजिङ आइपुगेका प्रधानमन्त्री केपी ओलीले नेपाल र चीनबीच हिमालयपार रेलमार्ग सहित यातायात सञ्जालको तीब्र विकास गरिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आज बुधवार बेइजिङमा स्थिति नेपाल दुतावासले आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
२१ औँ शताब्दीमा ‘कनेक्टिभिटि नै आर्थिक विकासको मेरुदण्ड हो, पूर्वाधारको विकास त्यसमा पनि हिमालयपार रेलमार्ग र सडक निकै महत्पूर्ण छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
ओलीले नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि रेल र सडक मार्ग निकै महत्पूर्ण रहेको बताउदै । ‘यस्तो यातायात र सिमापार ट्रान्समिसन लाइनले हाम्रो व्यापारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्नेछ’, ‘त्यसले हामीलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँग जोड्ने छ।’
ओलीले नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ)मा आबद्ध भइसकेको र अब हिमालयपार कनेक्टिभिटीलाई बलियो बनाउने समेत बताउनुभयो ।
यसअघि चीनसँग गरिएका सन्धि सम्झौताको कार्यान्वयन गर्ने र थप नयाँ सम्झौता पनि हुने जानकारी गराउनुभयो। बेइजिङमा ओलीले आज चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने र समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्ने कार्यक्रम छ।








प्रतिक्रिया दिनुहोस्