
काठमाडौं, ५ असार । मंगलबार चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली राजधानी बेइजिङमा नेपाली दूतावासले गरेको कार्यक्रममा सहभागी भएका छन् ।
मंगलबार साँझ आयोजित कार्यक्रममा ओलीले नेपाल र चीनबीच कनेक्टिभिटी, ब्यापार तथा लगानी, पर्यटन, उर्जा र वातावरणको क्षेत्रमा द्विपक्षीय सहकार्य अझ बलियो बनाउने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका थिए । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणमा चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च पदस्थ चिनियाँ अधिकारी र चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले स्वागत गरेका थिए ।
चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया दिनुहोस्