ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधिको शासनलाई कमजोर पार्न लागेकोे नेका नेता खाँणको भनाइ


bhawani desk

 

जनकपुर,४ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रसङ्गलाई अघि बढाउनु निरंकुशतालाई आमन्त्रण गर्नु हो भन्नुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउँदै सरकार विधिको शासनलाई कमजोर पार्न उद्यत भएको धारणा व्यक्त गर्नुभयो ।

सरकार असहिष्णु भई लोकतन्त्रको आकर्षण र लोकप्रियतालाई समाप्त गर्ने दुष्कार्य गरिहेको आरोप लगाउँदै केन्द्रीय सदस्य खाँणले सरकारद्वारा संघीय संसद्मा प्रस्तुत बजेट जनतालाई कष्ट दिने भएको र यसले करको भार, मूल्य वृद्धि गरी त्राहिमामको अवस्था सिर्जना गरेको उल्लेख गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले प्रतिपक्षीको भूमिका निर्वाहका सम्बन्धमा नेपाली काँग्रेसभित्र गम्भीर छलफल भइरहेको छ भन्दै अहिले प्रतिपक्ष कमजोर नभई सरकारको हनिमुन समयलाई दृष्टिगत गर्दै गतिविधि नियाँलिरहेको छ भन्नुभयो ।

नेता खाँडले संविधान संशोधनमार्फत मधेशको मागलाई सम्बोधन गर्नु आवश्यक रहेको तर यस प्रसंगमा मधेश केन्द्रित दलको भूमिका अपेक्षाकृत नभएको बताउँदै नेता खाँडले सङ्घीयता र लोकतन्त्रलाई बलियो पार्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु जरूरी छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com