ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा प्रस्तुत


एबीसी न्यूज

काठमाडौँ, ३ असार। संघीय संसद्को आजको संयुक्त बैठकमा संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ प्रस्तुत भएको छ ।

संघीय संसद्को आजको बैठकमा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिको आह्वानमा आज संघीय संसद्को संयुक्त बैठक बसेको हो ।

मस्यौदा नियमावलीमा राष्ट्रपतिबाट संविधानको धारा ९५ बमोजिम संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आह्वान गरेमा महासचिवले बैठकको मिति, समय र स्थानको जानकारी सदनलाई दिइने उल्लेख छ । संयुक्त बैठकको कार्यसूची सभामुखको निर्देशनअनुसार महासचिवले तय गरी एक दिनअघि सदस्य र संसदीय दलको कार्यालयलाई उपलब्ध गराइनेछ ।

बैठकको अध्यक्षतामा सभामुखले गर्नु हुनेछ । संयुक्त बैठकमा राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेका विधेयकको हकमा सोसम्बन्धी सन्देशको विवरण र प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकको हकमा त्यस्ता सन्देशको विवरण सदस्यलाई कम्तीमा एक दिन अगावै उपलब्ध गराइनेछ ।

संयुक्त बैठकमा संघीय संसद्का सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले दस्तखत गरी जनमत संग्रहका माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी महासचिवलाई प्रस्तावको सूचना दिन सक्नेछन् ।

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका तीन गरी १५ सदस्य रहने व्यवस्था मस्यौदामा गरिएको छ । समितिले प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदको नियुक्तिका लागि प्रस्ताव गरिएका नामका सम्बन्धमा सुनुवाइ हुनेछ ।

प्रतिनिधिसभा नियमावली मस्यौदाका लागि सांसद् पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदाका लागि सांसद परशुराम मेघी गुरुङको संयोजकत्वमा अलगअलग समिति गठन भएका थिए । सम्बन्धित संसद्मा ती समितिले प्रस्तुत गरेका प्रतिवेदन पारित भइसकेका छन् ।

संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ माथि यही असार ८ गते ४ बजे बस्ने संघीय संसद्मा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com