ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व फुटबल : कम उमेरका खेलाडी जो यसरी डेब्यू गर्दैछन्


एबीसी न्यूज
जेष्ठ ३०, २०७५ बुधबार  ७ : २६ बजे
काठमाडौं, ३० जेठ । विश्व फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता विश्वकपको यो संस्करणमा युवा खेलाडीको पनि राम्रो उपस्थिति छ ।विश्वकपको इतिहासमा सबैभन्दा कान्छा खेलाडी उत्तरी आयरल्याण्डका नर्मन ह्वाइटसाइड हुन् । सन् १९८२ मा युगोस्लाभियाविरुद्ध विश्वकप डेब्यु गर्दा जम्मा १७ वर्ष ४१ दिनका थिए ।

त्यसअघिसम्म विश्वकपको फाइनल चरण खेल्ने सबैभन्दा कान्छा खेलाडी पेले थिए । उनले सन् १९५८ को विश्वकपमा स्वीडेनविरुद्ध खेल्दा १७ वर्ष २४९ दिनका थिए । त्यसबेला ब्राजिलले उपाधि समेत जितेको थियो । र, यो विश्वकपमा सात जना टिनएजर खेलाडीले सहभागिता जनाउँदैछन् ।

१. कालियन एमबाप्पे–फ्रान्स

‘डोनाटेल्लो’ । फ्रेन्च भाषामा डोनाटेलोको अर्थ ‘भगवानको उपहार’ हो । कालियन एमबाप्पेलाई पेरिस सेन्ट जर्मेइन पीएसजीका खेलाडीले दिएको नाम हो यो । साच्चै नै युवा अवस्थामा नै उत्कृष्ट प्रदर्शन गर्न सफल एमबाप्पेलाई भगवनाले फुटबल खेल्नकै लागि यो धर्तीमा पठाएको जस्तो लाग्छ ।

१९ वर्षीय फ्रान्सेली युवकको बजार मूल्य यसअघि नै १८० मिलियन पाउण्ड पुगिसकेको छ, यसबाटै पनि प्रष्ट हुन्छ कि उनी कति क्षमतावान छन् भनेर ।

वर्तमान समयमा एमबाप्पे विश्व फुटबलमा सबैभन्दा धेरै माग भएका र रुचाइएका स्ट्राइकर मध्येका एक हुन् ।

यस सिजन लोनमा पीएसजीमा विताएका उनले ३९ खेलमा २१ गोल गरे । जुनियर लेभलमा च्याम्पियन्स लिग टिम अफ द सिजनको उपाधि जित्दा उनले युरोपियन गोल्डेन व्वाइको पुरस्कार पाइसकेका छन् ।

एमबाप्पेले फ्रान्सका लागि १४ खेल खेल्दा ३ गोल गरेका छन् । आफ्नो शानदार फिनिसिङ शैली र मैदानमा द्रुत गतिमा बल अघि बढाउनसक्ने क्षमताका कारण निश्चित रुपमा एमबाप्पे फ्रान्सका प्रतिस्पर्धीहरुका लागि टाउको दुखाइ बन्न सक्नेछन् ।

२. डेनियल अर्जानी–अष्ट्रेलिया

अष्ट्रेलियन फुटबलका युवा प्रतिभा हुन्, डेनियल अर्जानी । उनी क्रिष्टियानो रोनाल्डोको शैलीमा बलसँग द्रुत गतिमा दौडिएर मौका सिर्जन गर्न सक्ने क्षमता राख्छन् ।

फुटबल विश्लेषकहरुका अनुसार अब यो नाम विश्व फुटबलमा चर्चाको शिखरमा पुग्नेछ । एट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने अर्जानीले अष्ट्रेलियाको सिनियर टिमका लागि जम्मा एक खेलमात्र खेलेका छन् । इरानी मुलका अर्जानीले अष्ट्रेलियाबाट खेल्ने निर्णय गरिसकेका छन् । यद्धपी उनले चाहेमा इरानबाट पनि खेल्न सक्नेछन् ।

३. फ्रान्सिस उजोहो– नाइजेरिया

नाइजेरियाका गोलकिपर उजोहो स्पेनिस ला लिगा खेल्ने सबैभन्दा कान्छा विदेशी खेलाडी हुन् । डिपोर्टिभो ला कोरुनाबाट गएको सिजनमा इबारविरुद्धको खेलमा प्रशिक्षक पेपे मेलले उनलाई पहिलो एघारमा नै मैदानमा उतारेपछि उजोहो सबैको नजरमा परेका थिए । त्यसबेला उनी १८ वर्ष ११ महिना १७ दिनका थिए ।

उनी अर्जेन्टिनाविरुद्धको मैत्रिपूर्ण खेलमा नाइजेरियाले ४–२ को जित निकाल्दा उनले दोस्रो हाफ खेलेका थिए । पहिलो हाफमा २–१ ले पछि रहेको नाइजेरियाले दोस्रो हाफमा ३ गोल ग¥यो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका उजोहोले अर्जेन्टिनाको उत्कृष्ट प्रहारहरु बचाएका थिए । विपक्षीको सशक्त प्रहारहरु बचाउने क्षमताका उनले पोल्याण्डविरुद्धको मैत्रिपूर्ण खेलमा देखाएका थिए । त्यस खेलमा पोल्याण्डको ६ वटा उत्कृष्ट सट बचाएका थिए ।

नाइजेरियाका प्रशिक्षक गेर्नट रोहरले विश्वकपमा उनी पहिलो एघारमा पर्न सक्ने सम्भावना प्रवल रहेको बताइसकेका छन् । पाँच अन्तर्राष्ट्रिय खेल खेलिसकेका उजोहोलाई प्रशिक्षक रोहरले नाइजेरिया टिमको ‘भविष्य’ भनेका छन् ।

४. जोसे लुइस रोद्रिगेज– पानामा

बेल्जियमको जेन्ट क्लबको यू–२१ खेलिरहेका यी १९ वर्षीय मिडफिल्डरका लागि यो विश्वकप सुनौलो मौका हुन सक्नेछ । उनले उत्तरी आयरल्याण्डविरुद्धको खेलमा पानामाका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । प्रशिक्षक हर्नान गामेजले उनलाई  यो विश्वकपको २३ सदस्यीय टिममा राखेका छन् ।

एनले गत मेमा यू–२१ खेलमा जेन्टका लागि ह्याट्रिक गरेका थिए, जुन बेला प्रशिक्षक गोमेज विश्वकपका लागि उत्कृष्ट खेलाडीको खोजीमा थिए । त्यसपछि उनलाई टिममा बोलाइएको थियो ।

५. ट्रेन्ट अलेक्सान्दर–आर्नोल्ड– इंग्ल्याण्ड

इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले रसिया विश्वकपका लागि २३–सदस्यीय टिमको घोषणा गर्दा अलेक्सान्दर आर्नोल्ड सबैभन्दा कान्छा खेलाडी बने ।

इंग्लिस क्लब लिभरपुलमा आबद्ध आर्नोल्डले विश्वकपको अभ्यास स्वरुप शुक्रबार भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डका लागि डेब्यु गरेका थिए ।

लिभरपुलका पूर्व प्रशिक्षक ब्रेण्डन रोजर्सको नजरमा परेपछि उनलाई सिनियर टिममा बोलाइएको थियो । यसै सिजन लिभरपुलमा आबद्ध भएका आर्नोल्डले तीन उत्कृष्ट गोल गरिसकेका छन् ।

१९ वर्षीय आर्नोल्ड द्रुत गतिमा कुद्न, उत्कृष्ट क्रस उपलब्ध गराउन र डिफेन्समा दृढता भएका खेलाडी हुन् । उनी फ्रिकिकमा पनि माहिर छन् ।

६. मोउसा वागे–सेनेगल

सन् २०१५ मा यू–२० विश्वकपमा सेनेगलले चौथो स्थान हासिल गर्दा वागे मुख्य सदस्य थिए । उनले अघिल्लो वर्ष मार्चमा नाइजेरियाविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यु गरेका थिए । बेल्जियन क्लब युपेनबाट १७ खेल खेलिसकेका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा कारा एमबोजीले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलका लागि उनैले पास दिएका थिए । सेनेगल सिनियर टिमका लागि उनले ९ खेल खेलेका छन् ।

७. अच्राफ हाकिमी– मोरक्को

मोरक्कोले अन्तिम पटक सन् १९९८ मा विश्वप खेल्दा यी युवा स्टार जन्मिएका पनि थिएनन् । रियल मड्रिडमा डिफेन्डर डेनियल कार्भाहालको विकल्पका रुपमा आउन थालेका यी डिफेन्डरले आफ्नो देशमा पनि उत्तिकै प्रभावित पार्न थालेका छन् ।

स्पेनमा जन्मिएका उनले मोरक्कोका लागि नौ खेलमा एक गोल समेत गरिसकेका छन् । मोरक्कोको विश्वकप छनोट प्रतियोगितामा उनले एक गोल गरेका थिए भने ला लिगाको यो सिजनमा पनि २ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com