ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन ल्याईदैछ गोरेलाई काठमाडौं ?


admin

काठमाडौं, २५ जेठ । ३८ किलो सुन तस्करी र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलाई मोरङ कारागारबाट काठमाडौं ल्याइने भएको छ । ‘गोरे’बाट सुन तस्करी सम्बन्धी थप सूचना लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

गोरेसहित थुनामा रहेका प्रहरीका निलम्बित एसएसपी श्याम खत्री र डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई पनि काठमाडौं ल्याउन लागिएको छ ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले गोरेसहितका ३ जनालाई काठमाडौं झिकाउन लागेको हो ।

गोरेलाई काठमाडौं ल्याउने प्रक्रिया थाल्न कारागार व्यवस्थापन विभागलाई पत्र समेत पठाइसकिएको छानबिन समितिका एक सदस्यले बताए ।

प्रहरीले पक्राउ गरेपछि अदालतमा उपस्थित गराइएका गोरेले आफ्नो बयानका क्रममा सुन तस्करीमा ठूलै व्यक्तिको संलग्नता रहेको बताएका थिए । बयानमा उनी व्यवस्थापनको काम गर्ने व्यक्ति मात्रै भएको उनले दाबी गरेका छन् ।

तर अदालतसमक्ष दिएको बयानमा भने उनले तस्करीमा संलग्न ठूला व्यक्ति भनिएका कसैको नाम खुलाएनन्। उनलाई काठमाडौंबाट जेठ ८ गते पक्राउ गरि मोरङ लगिएको थियो । उप्रेती प्रक्राउ परेपछि घटनाका अर्का अभियुक्त एसएसपी श्याम खत्रीले पनि मोरङ जिल्ला अदालतसमक्ष आत्मसर्मपण गरेका थिए ।

जिल्ला अदालत मोरङको आदेशअनुसार उनीहरुलाई हाल पुर्पक्षका लागि थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com