ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डका घरबेटीको नाम गृहमन्त्रालय पुग्यो के कारवाही हुन्छ त ?


एबीसी न्यूज
जेष्ठ २४, २०७५ बिहीबार  ७ : ३६ बजे

भक्तपुर, २४ जेठ। जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।

गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्। शारदा अधिकारीले कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत् शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयमा नाम पठाएको हो ।

विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजनासम्म समयमा सम्पन्न नभएको देखिएको छ । सूर्यविनायक –७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरका तीन आयोजना अधूरो देखिएको छ ।

उनको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्शरलालीगुराँस निर्माण सेवा जेभीले ठेक्का लिएको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क भत्केपाटी सडक योजना र पेप्सीकोला– सल्लाघारी– भक्तपुर– नगरकोट– ब्यासी– सल्लाघारी –दरबार स्क्वायर सडक योजना समयमा सम्पन्न नभएको हो ।

त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले लोकन्थली हेल्थपोष्ट रमाइलो चेक चाइल्ड नेचर स्कूलसम्मको सडक निर्माण र हनुमन्ते खोला–अरनिको राजमार्ग– वप्पा पाटी– विहार– वहाखाबजार सडक निर्माणको ठेक्का पाएकामा दुई योजना अधूरा छन् ।

त्यसैगरी दुवाकोट स्वास्थ्यचौकी भवन निर्माणअन्तर्गत शाह इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सन प्रालि धापाखेलका सञ्जीव शाह, मनोहरा पुल– इन्द्रायणी– साँखु सडक योजनाका लामा बिल्डर्सरसाल्पा शेर्पारजयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ, ठिमी चारदोबाटो बालकोट चोकअन्तर्गत वल्र्डवाइडरविष्णु जेभी काठमाडौँका विष्णु लामा, कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत शैलुङ्ग कन्स्ट्रक्सनका शारदा अधिकारीलाई पनि जिप्रकाले समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखी मन्त्रालयमा पठाएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए ।

शारदा अधिकारी नेकपाका अध्यक्ष प्रचण्ड निकट निर्माण ब्यवसायी हुन् । उनै अधिकारीले उपलब्ध गराएको खुमलटार स्थित घरमा प्रचण्ड बस्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com