काठमाडौं, २४ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रदेश २ को सरकारप्रति कुनै टिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बिहीबार बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई राजपाको समर्थन, सहयोग र सहभागिता जारी रहने भन्दै सरकार विरुद्ध नबोल्न विज्ञप्ती मार्फत सचेत गराएको हो ।








प्रतिक्रिया दिनुहोस्