ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रानीजमराको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– गुणस्तरमा कुनै सम्झौता हुुँदैन


एबीसी न्यूज
जेष्ठ २४, २०७५ बिहीबार  ७ : १६ बजे

काठमाडौं,२४ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुुन ‘अनन्त’ ले कैलाली चिसापानीको कर्णाली नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिंचाइ आयोजनाको निरीक्षण गरेका छन्।

बुुधबार आयोजनाको मुहान क्षेत्रमा पुुगेका ऊर्जामन्त्री पुनले आयोजना सम्पन्न गर्नको लागि आवश्यक सहयोग र समन्वय गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई समेत आग्रह गरे। उनले मन्त्रालयको तर्फबाट सहजीकरण र आवश्यक गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताए।

कर्मचारीलाई कामको आधारमा दण्ड र पुरस्कार हुने उल्लेख गर्दै मन्त्री पुुनले कामको गुणस्तरको विषयमा कुनै सम्झौता नहुने बताए। मन्त्री पुनले समयमै काम नसक्ने ठेकदारलाई कारबाही समेत गरिने चेतावनी दिए।

मन्त्री पुुनले बुुधबार नै बर्दियास्थित राजापुर सिंचाइ आयोजनाको निरीक्षण गरे। यसअघि उनले बाँकेको अगैयास्थित सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहर, बर्दियाको भेरी–बबइ डाइभर्सन, पश्चिम राप्ती जनताको तटबन्धनको प्रगतिको जानकारी लिएका थिए।

आयोजनाको हाल चिसापानीमा इन्टेक तथा लिंक नहर निर्माण सम्पन्न भएको, चिसापानीदेखि बलचौरसम्म मूल नहर तथा सेटलिङ बेसिन निर्माण र कटासेदेखि मोहनासम्म फिडर नहर निर्माण सम्पन्न भएको छ ।
रानी जमरा कुलरिया सिंचाइ आयोजना निर्माणका लागि नेपाल सरकारको ६ अर्ब र विश्व बैंकको ६ अर्ब गरी १२ अर्ब रुपैयाँको लगानी रहेको छ।
आव २०६४/६५ मा शुरू भएको सो आयोजना आव २०७४र७५ मा सम्पन्न गर्ने लक्ष्य थियो। तर,म्याद थप गरी २०७६/०७७ मा निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।

रानी जमरा कुलरिया सिंचाईं आयोजनाबाट कैलालीका पथरैया, मुनुवा, टीकापुर, नारायणपुर, धनसिंहपुर लगायतका क्षेत्रमा २५ हजार हेक्टर बढी जमिनमा बाह्रैमहिना सिंचाइ सुविधा उपलब्ध हुनेछ। आयोजनाबाट ४ दशमलव ८ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com